बिदुरः प्रतिनिधि सभा निर्वाचनको तयारीका वीच राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोटमा संगठन विस्तार गरिरहेको छ । राप्रपाले लिखु गाँउपालिकाको अधिबेशन सम्पन्न गरेको छ । 

अधिवेसनले शोभामञ्जरी ढुङ्गानाको अध्यक्षतामा २१ सदस्यीय लिखु गापा कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । उक्त कार्यसमितिमा अन्य २० जना सदस्यहरु रहेका छन् ।

यसअघि, उक्त अधिवेसनको राप्रपाका पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उद्घाटन गरेका हुन् । डा. लोहनीले देशमा समस्या समाधान हुनुको साटो समस्या वढिरहेको वताए ।

देशमा समस्या समाधानका लागि ठुला दलहरु असफल रहेको आरोप लगाउंदै उनले देशमा राष्ट्रिय सहमति आवस्यक भएको वताए । राष्ट्रिय सहमतिवाटै देशमा समस्या समाधान हुने र जनताले परिवर्तनको आभास पाउने उनको दावी रहेको छ ।

सोही कार्यक्रममा राप्पा लिखुले राप्रपाले आव्हान गरेको आन्दोलनमा घाइते भएका लिखु ४ का दिपेन्द्र राईलाई सम्मान गरेको छ । प्रमुख अतिथी राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राइलाई सम्मानपत्र प्रदान गरे ।














