बिदुरः विद्यार्थीहरुको सुविधाका लागि नुवाकोटको महभीरमा आंखा परिक्षण शिविर गरिएको छ । उक्त शिविरमा विद्यार्थीका साथै सर्वसाधारणले सेवा लिएका छन् ।


सामाजिक गतिविधि गर्दै आएको लायन्स क्लब अफ नुवाकोट बाराहीको आयोजनामा विदुर नगरपालिका १० महभीरस्थित सिंहदेवी आधारभूत विद्यालयमा शुक्रवार निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा आंखाको स्याहारमा विद्यार्थी तथा सर्वसाधारणले विशेष ध्यान दिनु पर्ने पाइएको छ ।

शिविरमा ३५ जना विद्यार्थीसहित ५० जनाको आंखाको परिक्षण गरिएको आयोजकले जनाएको छ । १० जनालाई आखाको सुरक्षाका लागि चस्मा वितरण गरिएको लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आईका जोन चेयर पर्सन केशव मिश्रले जानकारी दिए ।

विद्यार्थीहरुको आंखाको सुरक्षाका लागि आंखा परिक्षण शिविर गरिएको र आगामी दिनमा थप सेवामूलक कार्यहरु गरिने आयोजक क्लबका अध्यक्ष लायन शान्तिदेवी प्रधानले जानकारी दिइन् ।










