बिदुरः तीन जिल्लाका विरामीहरुको उपचार गर्दै आएको नुवाकोटको त्रिशूली अस्पतालमा विरामीहरु वढिरहेका छन् । यन्त्र उपकरण तथा कर्मचारीहरुको पर्याप्ततासंगै उपचारका लागि विरामीहरु आउने क्रम वढेको छ । नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको त्रिशूली अस्पतालमा डायोलोसिस सेवा पनि उपलव्ध रहेको छ ।


अस्पतालले कार्यक्रमकावीच एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । आकस्मिक र वहिरंग गरि दैनिक पांचसय जना विरामीहरुको उपचार हुदै आएको त्रिशूली अस्पतालमा पछिल्लो एक वर्षको अवधिमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमार्फत भएका कार्यहरुको विवरण सार्वजनिक गरिएको हो । सुशासन, क्लिनिकल सेवा, भौतिक पूर्वाधार र उपकरण सुधार लगायतका नविनतम कार्य, स्तरवृद्धि र सेवा प्रवाहबारे अस्पतालले सक्रियता अपनाइरहेको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए ।

उनले अस्पतालले सुशासन, उपचार सेवा र प्रविधि विस्तारमा विशेष कार्य गरिरहेको बताए । त्रिशूली अस्पतालमा जाडोयामका कारण विरामीहरु वढिरहेको स्वास्थयकर्मीहरु वताउंछन् । चिसोका कारण विरामीहरु उपचारका लागि आउने क्रम वढिरहेको छ ।

अस्पतालले आफ्नो प्रयोगशालाको सेवालाई प्रभावकारी बनाउन स्वचालित रिपोर्ट प्रिन्ट गर्ने मेसिन र सेवाग्राही आफैँले स्क्यान गरेर रिपोर्ट लिन सक्ने व्यवस्था गरेको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाको भनाई छ । उनका अनुसार सेवाग्राही आफैले स्क्यान गरी प्रयोगशालाको विवरण लिन सक्ने व्यवस्था मिलाइएको छ । सेवालाई प्रभावकारी वनाउन प्रयोशालामा २४ सै घण्टा सेवा प्रदान भइरहेको छ ।

विरामीहरुको बीमा सिफारिस र औषधी वितरणका लागि छुट्टै ओपीडी र मानसिक रोगीका लागि अडियो भिडिओसहितको ‘डार्क रुम’ सेवा सञ्चालन गरिएको छ । अस्पतालको भौतिक तथा औजार विकासअन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगमा दुई थान डायलाइसिस उपकरण थप गरी उक्त सेवालाई सरल बनाएको अस्पतालले जनाएको छ । अस्पतालद्वारा सार्वजनिक गरिएको एक वर्षको प्रगति विवरणमा चिकित्सकहरूको कार्य प्रभावकारी र सहज बनाउन सूचक प्लेटसहितको परिचयपत्र व्यवस्था गरिएको छ । चिकित्सकहरुको आवासीय व्यवस्थामासमेत सुधार र सहजता गरिएको छ ।

कार्यक्रममा त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकी, सदस्य अञ्जली पाण्डे र अरुणकुमार श्रेष्ठ, सदस्यसचिव तथा प्रमुख डा. राजेन्द्र लामा, निक साइमन्ड इन्स्टिच्युटका जनार्दन पाठक, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृतहरु, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको एक वर्षे कार्यकाल पुरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालवाट बिरामीलाई थप सुविधा प्रदान गर्न बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालनमा ल्याएको जानकारी दिइएको छ ।







