बिदुरः विभिन्न सरोकारजन्य निर्णय गर्दै नुवाकोटको पञ्चकन्या गाउँपालिकाको सभाको १९ औँ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले विभिन्न निर्णयहरु सर्वसम्मतले पारित गरेको छ ।


गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशको अध्यक्षतामा सम्पन्न गाउँ सभाको १९ औँ (हिउँदे) अधिवेशनले गापाको आवस्यक विकास, नीति तथा कार्यक्रम सम्बन्धि विशेष छलफल र निर्णयहरू सुझावसहित पारित गरिएको गापाले जनाएको छ । अधिवेसनमा गापा उपाध्यक्ष विमला पाठककेसी, सचिव तथा प्रमुख प्रशासकिय अधिकृत हिराधन राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउं सभा सदस्यहरु, कर्मचारी, सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।











