बिदुरः शैक्षिक तथा अतिरिक्त विकासका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वर गापाको एक विद्यालयलाई खेलकुद तथा विद्युतीय सामग्री प्रदान गरिएको छ । यसवाट विद्यानलयमा खेल तथा अतिरिक्त गतिविधिमा वढोत्तरी हुने अपेक्षा गरिएको छ ।


तारकेश्वर गापा ३ तारुकास्थित पिपलडाँडा माविलाई खेलकुद, साउन्ड सिस्टम सहितका सामग्री र पुरस्कार प्रदान गरिएको हो । तारकेश्वर गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रमअन्र्तगत गापा अध्यक्ष शिव अधिकारी अविरलले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गापाको तर्फवाट आर्थिक सहयोग प्रदान गरे ।

उक्त विद्यालयका लागि एक थान साउन्ड सिस्टमसहित विभिन्न खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको छ । सोही कार्यक्रममा गापाको महिला तथा जेष्ठ नागरिक विशेष कार्यक्रम अन्तर्गत महिला स्वावलम्बन, महिला जिविकोपार्जन र महिला साक्षात्कारका लागि अध्यक्ष अधिकारीले महिला सशक्तिकरण अभियानका क्रममा गठन भएका आमा तथा बा समूहहरूलाई सामाजिक सक्रियताका लागि प्रोत्साहनसमेत गरे ।









