बिदुरः नुवाकोटको गेर्खुमा एकिकरण पदमार्गको निर्माण गरिएको छ । यसवाट एकिकरण टर्चयात्राका लागि सहज भएको छ ।


३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनामार्फत गोरखाबाट सुरु भएर धादिङ, नुवाकोट हुदैँ काठमाडौसम्म यात्रा गर्ने ’एकीकरण पदमार्ग’को टर्चयात्राका लागि विदुर नगरपालिका १० गेर्खु शुभघाटमा निर्माण गरिएको हो । विदुर नगरक्षेत्र भित्र रहेको ’एकीकरण पदयात्रा’ का लागि सहज बनाउन विदुर नपा –१० स्थित शुभघाट–गेर्खुटार पदमार्ग निर्माण गरिएको विदुर नगरपालिकाले जनाएको छ ।

विदुर नपाले आफ्नै हेभी इक्युमेन्टमार्फत उक्त पदमार्गमा नया ट्रयाक बनाई एकीकरण पदयात्रीहरू हिड्नको लागी व्यवस्थित बनाइएको मेयर राजन श्रेष्ठको भनाई छ । उक्त अवसरमा निर्माण गरिएको शुभघाट–गेर्खुटार एकिकरण पदमार्गको स्थलगत निरीक्षण गर्दै मेयर श्रेष्ठले पदयात्रामा सहभागीहरुको सहजताका लागि उक्त मार्ग निर्माण गरिएको र यसवाट सजिलो भएको वताए ।

नेपाली सेनाद्वारा गोरखाबाट सुरु भएर धादिङ, नुवाकोट हुदैँ काठमाडौसम्म यात्रा गर्ने ’एकीकरण पदमार्ग’को विदुर नगरपालिकाभित्रको ’एकीकरण पदयात्रा’ सहज बनाउन शुभघाट, गेर्खुलगायतका स्थानमा विदुर नपाको हेभी इक्युमेन्टमार्फत पदमार्ग निर्माणका साथै सरसफाई तथा व्यवस्थित वनाइएको विदुर नपा १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ ।












