बिदुरः आसन्न प्रतिनिधि सभाको निर्वाचनको तयारीमा उम्मेदवार घोषणासहित नेकपा एमाले नुवाकोटले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । विद्यान अनुसार जिल्ला कमिटि सदस्यहरु मनोनित गरि पद तथा गोपनियताको सपथग्रहणसमेत गराइएको छ ।


नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा सोमवार विदुरस्थित पार्टी कार्यालयमा सम्पन्न छैठौ पूर्ण बैठकले २१ जनालाई जिल्ला कमिटिमा मनोनित गर्नुका साथै सपथग्रहणसमेत गराएको हो । एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा जिल्ला अध्यक्ष वद्री मैनालीले मनोनित जिल्ला कमिटि सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

जिल्ला कमिटि सदस्यमा मनोनित भएकाहरुमा शेषमान लामा, विकल्प पाठक, सीताराम थापा, रामकुमार प्याकुरेल, पशुपति लोहनी, एकराज घले, मनोज उप्रेती, रमेश वस्ती, विष्णु श्रेष्ठ, चुडामणि गजुरेल, शिवराम गौतम, नानीकाजी खड्का र सनी चित्रकार रहेका छन् । यसैगरी, अनुजकुमार श्रेष्ठ, नइन्द्रवहादुर तिमिल्सिना, भोजप्रसाद पुडासैनी, सोभियतराज पाठक, शिवराम दाहाल, मानबहादुर लामा, राजेन्द्र गजुरेल र उत्तम अधिकारी जिल्ला कमिटिमा मनोनित भएका छन् ।

यसका साथै वैठकले नेकपा एमालेको एघारौँ केन्द्रीय महाधिवेशनमा नुवाकोटको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित केशवराज पाण्डे र बिन्दा ढुंगानालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । साथै आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको लागि निर्वाचन क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष तथा पुर्व मन्त्रि बद्री मैनाली, क्षेत्र नं. २ मा केन्द्रीय सदस्य तथा पुर्वमन्त्रि केशवराज पाण्डेलाई सम्वन्धित क्षेत्रिय समन्वय कमिटीबाट सिफारिस भई आएकोमा अनुमोदन गर्दै रायसहित प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको अध्यक्ष वद्री मैनालीले जानकारी दिए ।

उनका अनुसार पार्टी र उम्मेदवारहरूको पक्षमा जनलहर सिर्जना गर्दै जनमत सङ्कलनको लागि एमाले केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाको संयोजकत्वमा चारहजार एकसय ७७ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । साथै जिल्ला सचिव शिवकुमार चित्रकारको संयोजकत्वमा समरबहादुर आलेमगर, सुशीलकुमार खड्का, दिपक कार्कीलगायत आर्थिक विभागका सदस्यहरू रहेको आर्थिक परिचालन कमिटि गठन गरिएको अध्यक्ष मैनालीले जानकारी दिए ।

वैठकले निर्वाचनका वेला राजनीतिक, कानुनी र प्रशासनिक कार्यहरूको समाधान गर्न पुर्व जिल्ला अध्यक्ष तथा पुर्व सांसद नारायणप्रसाद खतिवडाको संयोजकत्वमा ठाकुरप्रसाद गजुरेल, राजेन्द्ररमण खनाल, शिवकुमार चित्रकार, उषाकिरण तिमिल्सिना सदस्य रहेको विशेष समिति गठन गरेको छ । वैठकले उपसचिव राजेन्द्रप्रकाश पाण्डेको संयोजकत्वमा प्रेस चौतारी नुवाकोटको टिममा आवद्ध सवै सदस्यहरु र राजेन्द्र गजुरेल सदस्य रहेको प्रचारप्रसार समिति गठन गरेको सचिव शिवकुमार चित्रकारले जानकारी दिए ।

आगामी माघ ६ गते उम्मेदवारी दर्ता गर्नको लागि जनपरिचालन गर्न र पार्टीको नीति तथा कार्यक्रमहरूलाई जनतासँग पु¥याउनको लागि नुवाकोटका १२ वटै स्थानीय तहमा पार्टीको अन्र्तक्रिया तथा संगठन विस्तारलाई निरन्तरता दिइने निर्णयसमेत गरेको छ । एमाले केन्द्रीय सदस्य केशवराज पाण्डे र विन्दा ढुंगानाले पार्टीलाई संगठित र प्रभावकारी रुपमा जनतामाझ लगिने प्रतिवद्धता जनाएका छन् ।









