बिदुरः आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोट २ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा पुर्वमन्त्रि केशवराज पाण्डेलाई एकल सिफारिस गरेको छ । विदुरस्थित एमाले कार्यालयमा सम्पन्न क्षेत्रिय कमिटिको पुर्ण वैठकले पाण्डेलाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो ।


आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचनका लागि एमाले केन्द्रीय सदस्य तथा वागमति प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानूनमन्त्रि केशवराज पाण्डेलाई एकल रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले नुवाकोट २ का अध्यक्ष समरवहादुर आलेमगरले जानकारी दिए । यससंगै नुवाकोटका दुइवटै क्षेत्रमा एमालेले एकल उम्मेदवार सिफारिस गरेको छ ।

एमाले नुवाकोट १ ले पनि शनिवारै जिल्ला अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीलाई एकल उम्मेदवार सिफारिस गरिसकेको छ । नुवाकोट २ वाट एकल सिफारिस भएका पाण्डे गत निर्वाचनमा नुवाकोट २ को प्रदेशसभा क बाट उम्मेदवार भई निकटतम भएका थिए ।

उनलाई पराजित गरेर नेपाली कांग्रेस र माओवादी गठबन्धनबाट तत्कालीन माओवादीका रामप्रसाद ढुंगाना विजयी भएका थिए । पाण्डे २०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भई मन्त्रिसमेत भएका थिए ।

एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका पाण्डे यसअघि गत २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नुवाकोट १ वाट उम्मेदवार भएका थिए । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोटका दुवै क्षेत्रवाट सम्वन्धित क्षेत्रिय कमिटिमा एकल उम्मेदवार सिफारिस भएको र जिल्ला कमिटिले अनुमोदन गर्ने वताए ।










