बिदुरः आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले नुवाकोट क्षेत्र न १ ले पुर्वमन्त्रि तथा पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीलाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रिय समितिको पुर्ण वैठकले वागमति प्रदेशका पुर्व मन्त्रिसमेत रहेका मैनालीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।


क्षेत्रिय समितिको कार्यालय छहरेमा शनिवार सम्पन्न पुर्ण बैठकले आगामी फागुन २१ ग्ते घोषित प्रतिनिधि सभा निर्वाचनका लागि मैनालीलाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रिय अध्यक्ष सुशीलकुमार खड्काको अध्यक्षतामा सम्पन्न वैठकले ४८ वर्षिय मैनालीलाई सर्वसम्मत रुपमा उक्त क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो ।

मैनाली गत २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादी र कांग्रेसका संयुक्त उम्मेदवार हितबहादुर तामाङसँग पराजित भएका थिए । मैनाली गत २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नुवाकोट १ को क वाट निर्वाचित भई प्रदेशको मन्त्रिसमेत भएका थिए भने उनी पार्टीमा जिल्ला अध्यक्षको दोश्रो कार्यकाल विताइरहेका छन् ।











