बिदुरः पुर्वमन्त्रि तथा पार्टीका पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकसहित ५८ जना उम्मेदवारको रुपमा राप्रपा नुवाकोटले सिफारिस गरेको छ । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाले नुवाकोटको दुवै क्षेत्रवाट डा. लोहनीलाई १ नंम्वर वरियतामा सिफारिस गरेको छ । रापपाले पुर्व अर्थमन्त्रिसमेत रहेका डा. लोहनीलाई नुवाकोटको दुर्य वटै क्षेत्रवाट प्रत्यक्ष र समानुपातिक दुवैमा पहिलो वरियतामा नाम सिफारिस गरेको छ ।


राप्रपा क्षेत्रिय समितिको सिफारिसका आधारमा उक्त दलले . १ नं. क्षेत्रमा २८ र २ नं. क्षेत्रमा ३० जना गरि ५८ जना उम्मेदवारको नाम सिफारिस गरि पठाएको हो । राप्रपा नुवाकोटतका अध्यक्ष कुलवहादुर खड्गीको अध्यक्षतामा सम्पन्न वैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरि ५८ जना उम्मेदवार सिफारिस गरेको छ । पुर्व अर्थमन्त्रि तथा पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएको छ ।

प्रत्यक्षतर्फ, पार्टीले राप्रपाको निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, दीपककुमार राई, भरतप्रसाद पाठक, जनकराज पाठक, सुदर्शन सिटौला, उद्धवराज भेटुवाल वावुराम थापा, जनार्दन अधिकारी र सुरेन्द्रजंग थापाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ डा. प्रकाशचन्द्र लोहनीसहित भरतजंग उप्रेती, अणबहादुर प्याकुरेल, मधुसुदन रिसाल र गोकर्णराज सिटौला, नरेन्द्र फुयाल, नारायण अधिकारी, पुरेन्द्रप्रसाद ढकाल, श्यामकृष्ण गजुरेलको नाम सिफारिस गरेको छ ।समानुपातिक महिला खुल्लातर्फ नानीमैया आचार्य, तुलसी पौडेल, मीना थापा र शोभा मन्जरी ढुंगानाको नाम सिफारिस गरेको छ ।

राप्रपा १ नं. क्षेत्रमा समानुपातिक जनजाती महिलातर्फ अष्टमाया लामा र प्रतिमा तामाङ तथा समानुपातिक जनजाती पुरुषतर्फ कान्छा लामा, वावुकाजी श्रेष्ठ, रामकुमार राई र वमवहादुर तामाङको नाम सिफारिस गरेको छ । राप्रपा केन्द्रीय कार्यालयले नुवाकोट २ वाट पनि प्रत्यक्ष र समानुपातिक दुवैमा डा. प्रकाशचन्द्र लोहनी सिफारिस भएका छन् । सो क्षेत्रमा राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ झनकवहादुर प्याकुरेल, विष्णुप्रसाद सापकोटालाई सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ फणिराज लोहनी, मेघराज अर्याल, दिपेश लामा, रणप्रसाद नयौपाने र युवराज पाण्डे सिफारिस भएका छन् । समानुपातिकतर्फ डा. प्रकाशचन्द्र लोहनी, झनकवहादुर प्याकुरेल, विष्णुप्रसाद सापकोटा, ज्योति मुडवरी, दिपेश पाण्डे, विष्णु अर्याल, यादवराज सिलवाल, रामवहादुर खड्का र माधवप्रसाद पोडेल र शिव अधिकारी सिफारिस भएको राप्रपा नुवाकोटले जनाएको छ । आदिवादी जनजातीतर्फ कुलवहादुर खड्गी, अक्कल तामाङ, राम डंगोल र राजकुमार तामाङ, महिलातर्फ गंगामाया तामाङ, शर्मिला तामाङ र यशोदा दाहाल, दलित उत्पीडितर्फ कृष्णवहादुर विक, राधिका विक, अस्मिता परियार र जगत परियार तथा मुस्लिमतर्फ समिमा वानु सिफारिस भएका छन् ।

क्षेत्रिय समितिको सिफारिससहित थप सुझावका आधारमा उम्मेदवारहरु सिफारिस गरिएको राप्रपा नुवाकोटले जनाएको छ । यसैवीच, राप्रपा नुवाकोटले आगामीे निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा आफ्नोे नाम प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस गरिएकोमा भने आफू दुःखित भएको राप्रपा वागमति समितिका प्रवक्तासमेत रहेका बिष्णुप्रसाद सापकोटाले वताए । उनले जहा पनि आफैं हुनुपर्छ भन्ने कुराको विरोध गर्दै पार्टीमा मेहनत र दुःख गरेका अन्य साथीहरूले पनि सम्मान जनक स्थान र अवसर पाउनुपर्छ भन्ने मन्यता राख्नुपर्ने माग गरेका छन् ।





