बिदुरः चर्चित हास्य कलाकार तथा निर्देशक घरज्वाई उर्फ दमन रुपाखेती पुरानै घर फर्किएका छन् । उनले आफुले सुरुवात गरेको निकै लोकप्रिय र धेरैको कलायात्राको पहिचान भएको वहुचर्चित हास्य टेलिसिरियल ‘मेरिबास्सै’को निर्देशन जिम्मेवारीसहित फर्किएका हुन् । झण्डै दुई दशकको यात्रा पुरा गर्ने तयारीमा रहेको वहुचर्चित हास्य टेलिसिरियल ‘मेरिबास्सै’को मुल जिम्मेवारी लिएर हास्य कलाकार तथा निर्देशक घरज्वाई उर्फ दमन रुपाखेती तीन वर्षपछि आफुलाई पहिचान दिएको घरमै फर्किएका हुन् ।

उनले यसै साताबाट प्रसारण भएको ‘मेरिबास्सै’को नौसय ३८ औं भागवाट निर्देशनको जिम्मेवारी लिएका हुन् । उनले ‘मेरिबास्सै’मा निर्देशनका साथै मुलपात्र घरज्वाइको भुमिकामासमेत अभिनय गरेका छन् । उनको पुनःआगमनले ‘मेरिबास्सै’को उचाई वृद्धि हुने अपेक्षा प्रस्तुतकर्ता मिडिया हवले लिएको छ ।

मिडिया हवको प्रस्तुतीमा गत १९ बर्षदेखि नियमित प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा स्थापित, पुराना तथा नया कलाकारहरुको समिश्रण रहेको छ । ‘मेरिबास्सै’ बाट नै दमन रुपाखेतिले १९ वर्ष अगाडि कलाकारिताको यात्रामा आफुलाई व्यस्त वनाएका थिए । ‘मेरिबास्सै’मा स्थापनाकालदेखि उनले निरन्तर निर्देशन र अभिनय गर्दे आएका छन् ।
उनले सुरुदेखि वीचका बर्षहरुमा अन्य हास्य तथा सामाजिक सिरियलहरुमा लेखन, निर्देशन तथा अभिनय गरेका थिए । तीन वर्षपछि पुनः उनी आफ्नै इतिहास वोकेको घर ‘मेरिबास्सै’ मा फर्किन पाउँदा आफुलाई निकै उत्साही, भाग्यमानी, औधी खुसी र जिम्मेवारीको बोध भएको निर्देशक दमन रुपाखेति बताउँछन् ।

‘मेरिबास्सै’ मेरो हास्य श्रृखलाको सुरुवात गरेको छुट्टै अनि पृथक पहिचान दिएको घर हो, आफ्नै घरमा फर्किन पाउँदा निकै खुसी लागेको छ, यसैले मलाई हास्य र सफल निर्देशकमा स्थापित गरायो, चिनायो, वुझायो, हसायो, सवै गरायो, यहाँसम्म आउन सक्नु मेरो सफलतामा ‘मेरिबास्सै’ कोसमेत ठुलो देन छ ’ उनले खुलासा गर्दै भने ।
’अहिले यसको निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु । उनलाई लेखनमा भने सापटी काका अर्थात् दिवाकर भण्डारीले साथ दिएका छन् ।
उनले आफ्नो घरज्वाइको भुमिकालाई तिखार्दै नयां र विशेष दिने काम गरिरहेको छु, त्यसैले दर्शकहरुलाई हसाउनु र खुसी राख्नु पनि आफुले अर्को चुनौती थपिएको महसुस गरेको छु ।’ यसअघि, दमन रुपाखेति पछिल्ला वर्षहरुमा आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा सक्रियसमेत थिए । नेपालको कलाकारिता क्षेत्रमा दमन रुपाखेतिले झण्डै सांढे तीन दशक लामो अनुभव बटुलेका छन्, उनको अनुभव, लगाव तथा समर्पण अव दर्शकहरुले फेरी ‘मेरिबास्सै’मा देख्न पाउने र विशेष हुने मिडिया हवले अपेक्षा गरेको छ ।

‘मेरिबास्सै’को ९३८ अंकबाट दमनले जिम्मेवारी सम्हालेका हुन् । उनका अनुसार उक्त अंकवाट नयाँ कथाबाट सिरियल अगाडि बढेको छ, जुन भगवानरुपी दर्शकले मन पराइदिनुहुनेछ । रुपाखेतीले अगाडि भने, ’हामीले थप भागको छायांकन सकिसकेका छौं, अव यसको सम्पादनको काम सुरु हुनेछ ।’
‘मेरिबास्सै’को छायांकनस्थल काठमाडौंको हसनटार रहेको छ । उक्त स्थानमा सवै कलाकारहरु प्राविधिकसहित पुगेर छायांकन गरेका हुन् । ‘मेरिबास्सै’मा पुराना तथा केहि नयां कलाकारहरु लिएर घर फर्किएको रुपाखेतिले बताए । वरिष्ठ कलाकारहरु रामचन्द्र अधिकारी (गोक्ते काजी), लक्ष्मी गिरी, केशवप्रसाद (सुरबीर) पण्डित (दाह्री बा), सुरेन्द्र केसी मुलासाग, पल्पसा डंगोल (चम्सुरी), दिवाकर भण्डारी सापटी (काका), निरु खड्का (निर्मली), यादव थापा (ब्याजप्रसाद), लेखान्त भुसाल (घिरौंले), साया भण्डारी (राधिका) लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

‘मेरिबास्सै’ को सम्पादन अनुभवी दृश्य सम्पादक रविन भट्ट र अशोक चौधरीले गरेका हुन् । ‘मेरिबास्सै’ प्रत्येक मंगलबार राती मिडिया हव अफिसियल युट्युव च्यानलमार्फत प्रसारण हुँदै आएको छ भने ‘मेरिबास्सै’ ले देशका विभिन्न चर्चित हास्य कलाकारहरु जन्माइसकेको छ ।





