बिदुरः नेपाली कम्युनिस्ट पार्टी नुवाकोटले पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डसहितका उम्मेदवारहरुलाई प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ । सो दलको विहीवार सम्पन्न कार्यदल बैठकले आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष प्रचण्डसहित १३ जना उम्मेदवार सिफारिस गरेको हो ।


सो दलले नुवाकोट क्षेत्र नं. १ बाट प्रचण्डसहित पांच जना र क्षेत्र नं. २ बाट पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीसहित १३ जनाको नाम सिफारिस गरेको हो । कार्यदलका सदस्य राजेन्द्रप्रकाश लोहनीको नेतृत्वमा वसेको नेकपाको आन्तरिक वैठकले उक्त सिफारिस गरेको कार्यदलका सदस्य तथा नेकपा नुवाकोटका नेता पुष्प लामिछानेले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं. बाट १ प्रत्यक्षतर्फ पुष्पकमल दाहाल प्रचण्ड, पुर्व सांसद हितवहादुर तामाङलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ पुष्प लामिछाने अरुण, गमला श्रेष्ठ र शिववहादुर खातीलाई सिफारिस गरेको छ । सो दलले नुवाकोट २ मा प्रत्यक्षतर्फ पुर्व सांसद राजेन्द्रप्रकाश लोहनी, हिरानाथ खतिवडा, राजकुमार रेग्मी, शुभद्रा नेपाल र जेनजी पुुस्तावाट प्रकाश रैला तथा समानुपातिकतर्फ गोबिन्द नेपाली, मीना वाइबा र सुबास तामाङलाई सिफारिस गरेको छ ।

अध्यक्ष प्रचण्ड यसअघि नै कास्की ३, महोत्तरी ४, सिन्धुली २ र गोरखा १ बाट सिफारिस भइसकेका छन् । यसअघि पटक/पटक नुवाकोट आएर नुवाकोट र नुवाकोटवासी आफ्नो मनमा वसेको वताउंदै आएका प्रचण्डलाई नेकपाले नुवाकोटवाट प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार सिफारिस गरेको सो दलका वागमति प्रदेशका सदस्य राजेन्द्र न्यौपानेको भनाई छ ।









