बिदुरः हावापानी सुहाउंदो नुवाकोटको पन्चकन्या गाउंपालिकामा सीप विकास तथा रोजगार प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत चिया खेति विस्तार प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा चिया तथा कफि विकास कार्यालय नुवाकोटका एकराज सञ्जय, कुसुम भन्डारी र सुर्यमान तामाङले चिया खेतिको वयवस्थापन, प्रभावकारीता र यसको प्रविधिकका सम्वन्धमा सहजीकरण गरेका थिए ।


२ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरुलाई स्रद्धानितक र प्रयोगात्मक सिप प्रवद्र्धन गरिएको थियो । सहभागीहरुलाई चिया काटछाट, बोट व्यवस्थापन, उत्पादन वृद्धि, रोग–किरा नियन्त्रण तथा दिगो चिया खेती सम्बन्धि व्यवहारिक ज्ञान प्रदान गरिनुका साथै सहभागीहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले आगामी दिनमा चिया खेतीलाई व्यावसायिक, रोजगारीमुखी तथा दिगो रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

तालिमको समापन गर्दै पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेशले सिपमुलक उक्र तालिमको सम्पूर्ण व्यवस्थापन सुव्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएकोमा आभार व्यक्त गर्दै सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई अध्यक्ष तामाङका साथै उपाध्यक्ष विमला पाठककेसीले प्रमाणपत्र वितरण गरे ।

तालिम कार्यक्रमले स्थानीय स्तरमा सीप विकास, रोजगारी प्रवद्र्धन तथा कृषिमा आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको उपाध्यक्ष विमला पाठकेसीको भनाई छ । “चिया काटछाट तथा व्यवस्थापन तालिम कार्यक्रम” अत्यन्त प्रभावकारी, व्यवस्थित तथा सहभागितामूलक रूपमा सम्पन्न भएसंगै स्वरोजगारमा लगाव वढ्ने खपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत हिराधन राइको भनाई छ ।

तालिम समापन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, चिया तथा कफि विकास कार्यालय नुवाकोटका प्रतिनिधिहरू तथा स्थानीय कृषक तथा गाउँबासीहरूको सहभागिता रहेको थियो ।














