बिदुरः पुर्वमन्त्रि तथा पार्टीका पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहित २२ जना उम्मेदवारलाई आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपा नुवाकोट क्षेत्र नं. १ ले सिफारिस गरेको छ । सो दलले पहिलो पटक जेनजी पुस्ता नै्र खुलाएर उम्मेदवार सिफारिस गरेको छ । राप्रपा क्षेत्रिय समितिका अध्यक्ष तेज लामाको अध्यक्षतामा सम्पन्न वैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरि २२ जना उम्मेदवार सिफारिस गरेको छ ।


पुर्व अर्थमन्त्रि तथा पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएको छ । प्रत्यक्षतर्फ, पार्टीले राप्रपाको निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, दीपकुमार राई, भरतप्रसाद पाठक, जनकराज पाठक, सुदर्शन सिटौला, विवेकशील साझाबाट राप्रपामा प्रवेश गरेका उद्धवराज भेटुवाल तथा जेनजी पुस्ता नै खुलाएर जनार्दन अधिकारी र सुरेन्द्रजंग थापाको नाम सिफारिस गरेको छ । डा. लोहनीको नाम यसअघि काठमाडौं क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको थियो ।

क्षेत्रिय समितिले समानुपातिकतर्फ डा. प्रकाशचन्द्र लोहनीसहित भरतजंग उप्रेती, अणबहादुर प्याकुरेल, मधुसुदन रिसाल र गोकर्ण सिटौलाको नाम सिफारिस गरेको छ । समानुपातिक महिला खुल्लातर्फ नानीमैया आचार्य, मीना थापा, तुलसी पौडेल र शोभा मन्जरी ढुंगानाको नाम सिफारिस गरेको छ । राप्रपा क्षेत्रिय समितिले समानुपातिक जनजाती महिलातर्फ अष्टमाया लामा र प्रतिमा तामाङ तथा समानुपातिक जनजाती पुरुषतर्फ कान्छा लामा, रामकुमार राई र वमवहादुर तामाङको नाम सिफारिस गरेको छ । सिफारिसहितको पत्र राप्रपा जिल्ला समितिसमक्ष पेश गरिसकिएको राप्रपा क्षेत्रिय अध्यक्ष तेज लामाले जानकारी दिए ।






