बिदुरः अविवाहित एकल महिलाहरु नुवाकोटको लिखुमा सम्मानित भएका छन् । यसवाट एकल महिलाहरु उत्साहित भएका छन् । लिखु गाउँपालिकाले ४० वर्ष उमेर नाघेर अविवाहित रहेका एकल महिलाहरूलाई सम्मानित गरेको हो ।

कार्यक्रमकावीच अविवाहित एकल महिलाहरुलाई सम्मान गरिएको लिखु गापा कार्यालयले जनाएको छ । कार्यक्रममा अविवाहित रहेका एकल महिलाहरूका समस्या, चुनौती र समाधानका विषयमा अन्र्तक्रियासमेत गरिएको छ । लिखु गापाको महिला शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा लिखु गापाकी उपाध्यक्ष्ँ सुभद्रा अधिकारीउप्रेती, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट तथा वडाध्यक्षहरुले दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् ।

कार्यक्रममा लिखु गापाका ६ वटै वडाका ६० जना अविवाहित एकल महिलाहरूलाई सम्मापिनत गरिएको महिला शाखाकी पार्वती ढकालले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा अविवाहित एककल महिलाहरूले सामाजिक, आर्थिक र पारिवारिक रूपमा भोग्दै आएका कठिनाइहरू खुल्ला रूपमा राखेका थिए । अविवाहित एककल महिलाहरूलाई सम्मान गर्दै लिखु गापाकी उपाध्यक्ष शुभद्रा अधिकारीउप्रेतीले अन्य एकल महिलाहरूले सरकारबाट विभिन्न प्रकारका सहयोग पाउँदै आए पनि अविवाहित एकल महिलाको विषयमा भने पर्याप्त ध्यान नपुगेको बताइन् ।
उनले अविवाहित एकल महिलाहरूलाई पनि अन्य महिलासरह सीपमूलक तालिम, रोजगारी र आम्दानीका अवसर उपलब्ध गराउनु स्थानीय तहको जिम्मेवारी भएको उल्लेख गरिन् । उपाध्यक्ष अधिकारीले अविवाहित एकल महिलाहरूलाई संगठित रूपमा अगाडि बढ्न आग्रह गर्दै गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । सम्मान कार्यक्रममा लिखु गापाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले महिलालाई सीपमूलक बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले लक्ष्यित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा लिखु गापा १ का वडाध्यक्ष नरहरी पाण्डेले अविवाहित एकल महिलाहरूले आपसी एकता कायम गर्दै आफूले भोग्दै आएका समस्या र चुनौतीसँग सामना गर्नुपर्नेमा जोड दिए । उनले हकअधिकारका विषयमा सचेत भई संगठित रूपमा आवाज उठाउन आवश्यक रहेको बताए ।
कार्यक्रमले अविवाहित एकल महिलाहरूका आवाज स्थानीय तहसम्म पु¥याउन मद्धत गरेको लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठले वताए । उनले अविवाहित एकल महिलाहरूलाई लक्ष्यित नीति तथा कार्यक्रम निर्माणका लागि गापाले आधार तयार गरेको छ ।






