बिदुरः वर्तमान राजनीतिक अवस्थाले जनताको सम्वोधन गर्न नसकेको जनाउंदै अवस्था नै परिवर्तनको वहस भएको एक दलको पत्रकार सम्मेलनमा जनाइएको छ । वर्तमान व्यवस्थाले जनताको परिवर्तन हुन नसक्ने आरोप लगाउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राजनीतिक निकासका लागि सर्वपक्षिय सरकार आवस्यक रहेको वताएको छ ।


नुवाकोटको विदुरमा पत्रकार सम्मेलन गर्दै उक्त दलले चुनावले मात्रै देशमा जनतको पक्षमा परिवर्तन नआउने दावी गरेको छ । नामका लागि मात्र चुनाव भनेर नहुने जनाउंदे सो दलले सर्वपक्षिय संयुक्त सरकार आवस्यक रहेकोसमेत वताएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नुवाकोटले आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभाकोे निर्वाचन बहिष्कार गर्ने घोषणा गरिएको छ । सो पार्टीले वर्तमान राजनीतिक व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै वैज्ञानिक समाजवाद स्थापना र जनताको पक्षमा संविधान निर्माणमा जोड दिएको छ ।

पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै जनअधिकार, समानता र सामाजिक न्यायका लागि संघर्ष निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा आयोजक तथा सो पार्टीका ८ नं. ब्युरो इञ्चार्ज (पोलिटब्युरो सदस्य) रमेश पौडेल (सरोज), सो पार्टीको नुवाकोट सेक्रेटरी अर्जुनलाल श्रेष्ठलगायतले जनताको पक्षमा काम गर्नका लागि देशमा व्यवस्था र अवस्था परिवर्तन आवस्यक रहेको जनाएका छन् ।





