बिदुरः गाउंका आंखाका विरामीहरुको सुविधाका लागि नुवाकोटको उत्तरी भेगमा रहेको समुन्द्रटारमा आँखा शल्यक्रिया शिविर गरिएको छ । यसवाट गाउंवासी निकै लाभान्वित भएका छन् ।


दुप्चेश्वर गाउँपालिकाको आयोजनामा, तिलगङ्गा आँखा प्रतिष्ठान, दुप्चेश्वर ग्रामीण आँखा केन्द्र र सामुदायिक आँखा केन्द्र नुवाकोटको सहकार्यमा समुन्द्रटारमा सन्चालित दुई दिने आँखा उपचार शिविरमा एकसय जना भन्दा वढिले सेवा लिएका छन् । शिविरमा ७६ जनाको आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

यसअघि दुप्चेश्वरका सात वटै वडामा गरिएको चारसय ९५ जनाको आंखा परिक्षण गरिएको थियो । जसमध्ये ९९ जनाको मोतियाविन्दु शल्यक्रिया गर्नुपर्ने पहिचान भएकोमा आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको दुप्चेश्वर स्वास्थय शाखा प्रमुख निराज वढुवालले जानकारी दिए ।

तिलगङ्गा आँखा प्रतिष्ठानका डा. प्रतिभा लामाजोशीसहित सात जनाको आंखा प्राविधिक टोलीले आंखा परिक्षण र मोतियाविन्दुको शल्यक्रिया गरेको थियो । उक्त शिविरमा दुप्चेश्वर गाउँपालिका र छिमेकी पालिकाका एकसय ५० जना भन्दा वढि नागरिकहरूले मोतियाविन्दुको शल्यक्रियाका साथै औषधि उपचार सेवा सहज रूपमा पाएको दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले वताए ।

शिविर समापनका अवसरमा अध्यक्ष थापाले स्वास्थ्य सेवामा सहभागीलाई आभार व्यक्त गर्दै गर्दै, यस किसिमको शिविरले जनस्वास्थ्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको बताए । आवस्यता अनुसार आंखा परिक्षण शिविरलाई निरन्तरता दिइने गापा उपाध्यक्ष माकुरी तामाङले वताइन् ।















