बिदुरः जाडोयाममा विद्यार्थीहरुको सुविधाका लागि नुवाकोटको पश्चिमी भेग दाङसिङको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।


तारकेश्वर गाउंपालिका १ स्थित दाङसिङ मावि दाङसिङमा अध्ययनरत वाल कक्षा देखि १२ कक्षासम्म अध्ययनरत दुई सय ६ जना विद्यार्थीहरलाई सोमवार एक÷एक जोड न्यानो पोशाक वितरण गरिएको हो ।

विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा नविन कोइराला फाउण्डेशनको सहयोगमा प्राप्त उक्त न्यानो कपडा विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल चिकित्सक संघका पुर्व केन्द्रीय अध्यक्ष . केदारनरसिंह केसीले विद्यार्थीहरुलाई न्यानो पोशाक हस्तान्तरण गरे ।

उनले अवको समयमा प्राविधिक र व्यवहारिक शिक्षाको आवस्यकता रहेको वताए । उनले विद्यार्थीहरुलाई न्यानो पोशाक पाएपछि जाडोयाममासमेत नियमित रुपमा विद्यालय जान आग्रह गरे ।





