बिदुरः बजारमा दैनिक उपभोग्य वस्तुहरुको गुणस्तरियतामा गुनासो आएपछि नुवाकोटको तारकेश्वर गाउंपालिकाले बजार अनुगमन गरेको छ । मापदण्ड अनुसार दैनिक उपभोग्य सामानहरु विक्री वितरण गर्न निर्देशन दिइएको छ ।

तारकेश्वर गापा ६ का पसलहरुको छड्के अनुगमन, गरिएको हो । तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरलको निर्देशनमा गाउँपालिकाका कर्मचारीसहित गाउँ प्रहरीको टोलीले विभिन्न पसलहरूको छड्के अनुगमन गरेको हो ।

१० वटा किराना तथा खाद्य पसलहरुमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका र बिग्रिएका अखाद्य पदार्थको अनुगमन गरेको हो । ति सामग्रीहरुको मात्रा कम रहेको अनुगमन टोलीले जनाएको छ ।
अध्यक्ष अधिकारीले अखाद्य पदार्थको बिक्री वितरणको अवस्थामा आएको व्यापक सुधारका लागि व्यापारी व्यवसायीप्रति आभार प्रकट गर्दै अनुगमनलाई निरन्तरता दिइने बताए । मानवको स्वास्थ्य सुरक्षालाई प्रमुखता दिई मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न निर्देशन दिइएको उनले वताए ।

विगतमा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ जफत हुने गरेकोमा नियमति अनुगमनका क्रममा अखाद्य तथा मयाद गुज्रेका पदार्थको मात्रा घटेको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा पसलेहरुमा पनि खाद्य सुरक्षाको सचेतना पाइएको तारकेश्वर गापाले जनाएको छ ।
अध्यक्ष अधिकारीले सफा, स्वस्थ्य, गुणस्तरिय खाद्य पदार्थको मात्र बिक्री वितरण कार्यलाई सुनिश्चित गर्न जथाभावी रुपमा सामान खरिद नगर्न पसलेहरुलाई सचेत गरायएको वताए । उनले पसल तथा व्यवसाय गापामा सूचीकृत हुन आग्रह गरेका छन् ।










