बिदुरः संस्कार र संस्कृतिको निरन्तरतामा जोड दिदै नुवाकोटमा मगर समुदायका पुरेतको भूमिकाबारे अन्तरक्रिया गरिएको छ । आफ्नो संस्कृति, समुदाय, परम्परा, भेषभुषा, रहनसहन पहिचान भएका कारण यसको संरक्षणमा जोड दिदै विस्तृत छलफलसमेत भएको छ ।


नेपाल मगर बौद्ध सेवा समाज तथा नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा नेपाल मगर बौद्ध सेवा समाजको अन्र्तक्रियासँगै मगर वापा तथा मापा (मगर पुरेत) सम्बन्धि वृहत अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । लिखु गाउँपालिका २ र ३ का मगर समुदायको सहभागितामा भएको कार्यक्रममा मगर समुदायको संस्कार, परम्परा र पहिचान संरक्षणमा मगर पुरेतको भूमिकाबारे विस्तृत छलफल गरिएको नेपाल मगर संघ नुवाकोटका अध्यक्ष रामकुमार थापामगरले जानकारी दिए ।

कार्यक्रम नेपाल मगर बौद्ध सेवा समाज बागमती प्रदेश समितिका अध्यक्ष राजु दर्लामीमगर, लिखु २ का वडाध्यक्ष प्रेमबहादुर थापामगर, नेपाल मगर संघ बागमती प्रदेश समिति सदस्य कविता थापामगर, लिखु गापा मगर संघ अध्यक्ष कृष्ण थापामगरलगायत विभिन्न जिल्लाबाट आएका मगर प्रतिनिधिहरूको सहभानगिता रहेको थियो । प्रमुख अतिथी मगर संघका महाधिव्सन प्रतिनिधि तथा लिखु २ का वडाध्यक्ष प्रेमबहादुर थापामगरले आधुनिकतासंगै मगर समुदायले आफ्नो पहिचान तथा संस्कृतिको संरक्षण गर्नुपर्ने वताए ।

कार्यक्रममा बागमती प्रदेशका ललितपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र मकवानपुरलगायतबाट आएका मगर वापा तथा मापा प्रतिनिधिहरूले आफ्ना अनुभव व्यक्त गरेका थिए । मगर समुदायका संस्कार, धार्मिक विधि र सामाजिक अभ्यासमा मगर पुरेतको आवश्यकता र महत्वबारे आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा मगर संघ बागमती प्रदेश समिति वापा ललितपुरका गोपाल सिन्जालीमगर, काभ्रेका कृष्णबहादुर रुचालमगर, रामेछापका हेमबहादुर थापामगर, सिन्धुपाल्चोकका रामबहादुर मगर, काठमाडौं गणेस सुयालमगरका साथै मकवानपुरकी महिला मापा (मगर पुरेत) शोभा आलेमगरलगायतल मगर संस्कारलाई मौलिक रूपमा संरक्षण र प्रवद्र्धन गर्न पुरेत प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिए । मगर समुदायभित्र सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै परम्परागत पहिचान जगेर्ना गर्न सामूहिक प्रयासको आवश्यकता रहेको कार्यक्रमले सन्देश दिएको आयोजकले बताएका छन् ।







