बिदुरः गाउंका वृद्धवृद्धाहरुको स्वास्थ्य सुरक्षालाई मजवुत वनाउने उद्धेश्यले नुवाकोटको पुर्वी भेग राउतवेसीमा रहेका वृद्धवृद्धाहरुलाई न्यानो सामग्री वितरण गरिएको छ । यसवाट वृद्धवृद्धाहरुलाई जाडोमा सहज भएको छ ।


दुप्चेश्वर गाउंपालिका ३ राउतबेसीमा शनिवार आयोजित कार्यक्रममा “यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रस्ट“ ले ४० जना वृद्धवृद्धाहरुलाई जाडोमा न्यानो ज्याकेट प्रदान गरेको हो । नुवाकोटमा डेढ दशकदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको ट्रस्टले गाउंका सवै वृद्धवृद्धाहरुलाई न्यानो कपडा एक÷एक थान ज्याकेट हस्तान्तरण गरेको हो ।

गाउंका वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरणका साथै ट्रष्टका पदाधिकारहीहरुले वृद्धवृद्धासंग अन्र्तक्रियासमेत गरेका छन् । कार्यक्रममा सहभागी हुँदै ट्रष्टका संरक्षक तथा पुर्वमन्त्रि अर्जुननरसिह केसीले आफुले आठ दशक पुरा गरेपनि राउतवेसीमा बाल्यकालमा बिताएका पलहरू र त्यसबेलाका साथीहरूसँग भलाकुसारी गरे ।

जाडोमा न्यानोका लागि राउतवेसीमा रहेका ४० जना वृद्धवृद्धाहरुलाई एकैपटक एक/एक थान न्यानो पोशाक ज्याकेट प्रदान गरिएको ट्रष्टका अध्यक्ष डा. केदारनरसिह केसीले जानकारी दिए । राउतवेसीमा आयोजित कार्यक्रममा ट्रष्टका संरक्षक तथा पुर्व शिक्षामन्त्रि अर्जुननरसिह केसी, ट्रष्टका महासचिव तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, ट्रष्टका सहचिव सरोज केसीलगायतले वृद्धवृद्धाहरुलाई न्यानो पोशाक हस्तान्तरण गरेका हुन् ।

वृद्धवृद्धाहरुलाई न्यानो पोशाक हस्तान्तरण गर्दै ट्रष्टका संरक्षक तथा पुर्व शिक्षामन्त्रि अर्जुननरसिह केसीले वृद्धवृद्धाहरु समाजको मार्गदर्शक भएको वताए ।वृद्धवृद्धाहरुको अनुभववाटै मात्र पनि मानिसले समाजमा सकारात्मक कार्य गर्ने उत्प्रेरणा हासिल गर्ने केसीले वताए ।











