बिदुरः नेकपा एमालेको सम्पन्न ११ औं महाधिवेसनवाट केन्द्रीय नेतृत्वमा पुगेका नुवाकोटका नेताहरु सम्मानित भएका छन् । एमालेको केन्द्रीय सदस्यमा विजयी नुवाकोटका दुई जना शनिवार विदुरमा सम्मानित भएका हुन् ।


एमालेको केन्द्रीय सदस्यमा विजयी वेलकोटगढी नपा १३ मदानपुरका केशवराज पाण्डे र सुर्यगढी गापा ३ चोकदेकी विन्दा ढुंगानालाई प्रेस चौतारी नुवाकोटले कार्यक्रमसहित सम्मानित गरेको हो । पाण्डे र ढुंगाना दुवै जना वागमति प्रदेश क्लष्टरवाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

पाण्डे वागमति प्रदेशको पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्रि, एमाले वागमति प्रदेशका पुर्व अध्यक्षका साथै एमालेको निवर्तमान केन्द्रीय सदस्यसमेत हुन् । ढुंगाना सांढे तीन दशकदेखि महिला सगठन, हुदै पार्टीको दशौं महाधिवेसनमा महिला क्लष्टरमा केसमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

सम्मानसहितको अन्र्तक्रियामा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले एमाले पुर्ण प्रेस स्वतन्त्रता र जनताको पक्षमा रहेका कारण सदैव प्रेसप्रति उदार तथा सम्मानको दृष्टिले अगाडि वढ्ने वताए । अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाले प्रेस, जनता र एमाले सदैव एकअर्काप्रति सद्भाव, सम्मान र सामाजिक व्यवहारिक शैलीको रहेका कारण प्रेसको स्तर उकास्नका लागि आफ्नो तर्फवाट सदैव साथ समर्थन रहने वताइन् ।

कार्यक्रममा दुवै जना केन्द्रीय सदस्यहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको छ । प्रेस चौतारी नुवाकोटका संस्थापक शरणउत्सुक सापकोटा, वागमति प्रदेश सचिव भोलाराज पौडेल, केन्द्रीय सचिव विष्णु जमकट्टेल, जिल्ला अध्यक्ष श्रीराम अधिकारी, विभिन्न पदाधिकारी तथा सदस्यहर एवं विभिन्न जनवर्गिय संगठनहरुका पदाधिकारी तथा सदस्यहरुले प्रेस जगतको पेशागत सुरक्षाका लागि विशेष योजना वनाइनु पर्ने वताए ।









