बिदुरः संगठन विस्तारमा जुटेको राप्रपाले नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गाउपालीकाको अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले नयां कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेसनको उद्घाटन गर्दै राप्रपाका पुर्व अध्यक्ष तथा पुर्व अर्थमन्त्रि डा. प्रकाशचन्द्र लोहनीले देशमा परिवर्तनको आवस्यकता रहेको वताए ।


उनले वर्तमान अवस्थामा देशको प्रणाली नै असफल जस्तै देखिएका कारण नयां ढंगवाट अगाडि वढ्नुको विकल्प नरहेको वताए । डा. लोहनीले मुलुक भ्रष्टाचारको चंगुलमा फसेको कारण नया पुस्ताले आन्दोलन गरेको वताउंदै केहि दलका नेताहरुले शक्तिको दुरुपयोग गर्दै रकम असुलीमा लागेपछि आक्रोसित युवा पुस्ताले गरेको आन्दोलन जायज रहेको बताउँदै नेपाली राजनीतिको निकास राप्रपासँग मात्र रहेको दावी गरे ।

पूर्वमन्त्री डा. लोहनीले आगामी दिनमा राप्रपा सक्तिशाली दलको रुपमा स्थापित हुनेसमेत दावी गरे । अधिवेशनले बुद्धिबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय राप्र्रपा ककनी कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेसनले सदस्यहरुमा खेमबहादुर थापा, ठाकुरप्रसाद घिमिरे, चन्द्रवहादुर लामा, कान्छा लामा, तेज लामालगायतलाई चयन गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य जनकराज पाठकले अबको दिनमा राप्रपा नयाँ ढंगले नुवाकोटमा उदाउने दावी गर्दै राप्रपा निरन्तर अभियानमा रहेको र आउदो निर्वाचनमा परिणाम निकाल्ने वताए । अर्का केन्द्रीय सदस्य उद्ववराज भेटुवालले मुलुक अव नयां मार्गवाट अगाडि वढ्ने क्रममा रहेको वताए ।

कार्यक्रममा राप्रपा युवक संगठनका पुर्व अध्यक्ष राजु लोहनी, राप्रपा जिल्ला अध्यक्ष कुलबहादुर खड्गी, क्षेत्रीय अध्यक्ष तेजवहादुर लामालगायतले नुवाकोटको विकास र परिवर्तनको मार्गरेखा डा. लोहनीले सुरुवात गरेको दावी गरे । यसअघि राप्रपाको शिवपुरी, दुप्चेश्वर, किस्पाङ, तारकेश्वरमा अधिवेसन सम्पन्न भइसकेको छ ।









