बिदुरः नेकपा एमालेको सम्पन्न ११ औं महाधिवेशनमा नुवाकोटवाट दुई र रसुवावाट एक जना केनद्रीय सदस्यमा निर्वाचित भएका छन् । तीनै जना उक्त पदमा दोहोरिएका हुन् ।


विजयी केन्द्रीय सदस्यहरु सवै अध्यक्ष केपी शर्माओली प्यानलका रहेका छन् । नुवाकोटवाट केशवराज पाण्डे, विन्दा ढुंगाना तथा रसुवावाट प्रेम तामाङ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा विजयी विन्दा ढुंगानाले सबैभन्दा बढि मत ल्याएकी छिन् । ढुंगानाले १८०७ मतका साथ सानदार रुपमा जित हासिल गरेकी छिन् । यस्तै पार्टीका अर्का नेता केशवराज पाण्डेले पनि राम्रो मतका साथ जित हासिल गरेका छन् । उनले १५७१ मत ल्याएर विजयी भएका छन् ।

पाण्डे र ढुंगाना यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए । पाण्डे वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रिसमेत हुन् । एमाले नुवाकोटका पुराना नेता नारायणप्रसाद खतिवडा केन्द्रीय सदस्यमा पराजित भएका छन् । खतिवडाले ६७० मत मात्रै पाएका छन् । उनी ईश्वर पाखेरेल प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचन लडेका थिए ।

नुवाकोटकी उषाकिरण तिमिल्सना पनि यो पटक पराजित भएकी छिन् । केन्द्रीय सदस्यमा दोहोरिन चाहेकी तिमिल्सना ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्य खुल्लामा उम्मेदवार भएकी थिइन् । नेकपा एमालेको ११ औं महाधिवेशनमा नुवाकोटसंगै जोडिएको रसुवाबाट प्रेम तामाड. केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

केपी शर्माओली प्यानलबाट आदीवासी जनजाति क्लस्टरबाट उम्मेदवार बनेका तामाड.केन्द्रीय सदस्यमा विजयी भएका हुन् । २०६४ सालको संविधान सभा सदस्य तथा २०७४ सालको वागमति प्रदेश सभा सदस्यसमेत रहेको तामाङ केही वर्षअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले र माओवादीबीचको एकिकृत पार्टी नेकपा माओवादी एकता भएकै बेलामा सो पार्टीमा आवद्ध भएका उनी त्यसयता एमालेमा क्रियाशिल छन् ।






