बिदुरः नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले समयमै नेपाली कांग्रेसको महाधिवेसन हुनुपर्ने वताए । उनले परिवर्तित सन्दर्भ, विषय तथा परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसको महाधिवेसन घोषित मितिमै हुनुपर्ने वताए । नुवाकोटको विदुरस्थित आफ्नो निवासमा प्रेस युनियन नुवाकोटद्वारा विहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले कांंग्रेसभित्र केहि विमतीहरु हुन सक्छन्, यद्यपि, सवै नेता, कार्यकर्ता तथा मतदाता, शुभेच्छुकहरुको भावनालाई समेट्नका लागि महाधिवेसनको विकल्प नरहेको वताए ।


उनले कांग्रेसको महाधिवेसन वडा र क्षेत्रिय अधिवेसन सम्पन्न भएपछि निश्चित रुपमा हुने वताए । अरु सवै प्रक्रिया नसिद्धिएपनि वडा र क्षेत्रिय अधिवेसन सम्पन्न हुने र क्षेत्रिय अधिवेसनले महाधिवेसन प्रतिनिधि चयन हुने भएकाले घोषित मितिमै कांग्रेसको १५ औं महाधिवेसन हुनुपर्ने वताए । महाधिवेसनवाट नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा आफु स्पष्ट रहेको केसीको भनाई छ । आफु अहिले संसद पुर्नस्थापनाको पक्षमा नरहेको केसीले वताए ।

आफुले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर नगर्ने उनले वताए । घोषित समयमै अर्थात् आगामी फागुन २१ ग्ते चुनाव हुन नसकेको अवस्थामा त्यसवेला परिस्थिति विचार गरेर मात्र आफुले निर्णय दिने उनको भनाई छ । मेरो तत्कालको भनाई राष्ट्रिय सहमतिको आवस्यकता, कांग्रेसको महाधिवेसन घोषित मितिमै हुनुपर्ने र जेनजीलगायतको भावनालाई समेटेर निर्वाचन हुनुपर्छ भन्ने हो–नेता केसीले भने ।
अव देशमा हरेक समस्या समाधानका लागि सम्वाद समिति होइन, अव कोहि पुर्व प्रधान न्यायाधिष वा वरिष्ठता हासिल गरेको राष्ट्रिय परिचित व्यक्तिको नेतृत्वमा सर्वपक्षिय गोलमेच सम्मेलन आयोजक समिति गठन गरिनु पर्ने वताए । त्यो आयोगले सवै पक्षलाई समटेर अवको निकास समाधानको लागि कार्य गर्ने नेता केसकिो भनाई छ ।

अहिलेको संविधानमासमेत धेरै विषय परिवर्तन गर्नुपर्ने आवस्यकता रहेको ठहर गर्दै नेता केसीले परिवर्तनसहितका सुझावहरुलाई संकलन गरेर अवको निर्वाचनवाट आउने संसदले त्यसको जिम्मा लिने अथवा त्यसलाई संशोधनका लागि शक्तिसाली आयोग सरकारले गठन गर्नुपर्ने उनले वताए । यसवाटै सुशासन, भ्रष्टाचार नियन्त्रण र देशमा स्थिरता आउने नेता केसीले वताए ।
राष्ट्रिय सहमति वेगर अव देश समस्यावाट मुक्त हुने अवस्था आफुले नदेखेको केसीले वताए । उनले सरकारले एक कदम अगाडि सरेर देश र जनताका लागि राष्ट्रिय सहमति गर्नुको विकल्प नभएको वताए । केसीले अगाडि भने, आफु अव कुनै पनि निर्वाचन प्रत्यक्ष नलड्ने प्रष्ट पारे । म अर्जुननरसिंह हु, बोलेका कुरा पूरा गरेर छाड्ने, मैले वितेकोे निर्वाचनमै भनेको थिए,अर्को निर्वाचन लड्दिन भनेर, अब म निर्वाचत लड्दिन ढुकक हुनुस्, नेता केसीले निवाचन नलड्ने बताएपनि सक्रिय राजनीति भने नछाड्ने वताएका छन् ।

यसको अर्थ पार्टीको आगामी १५ औं महाधिवेशनमा केसी उम्मेदवार बन्ने निश्चित छ । आफु कार्यकर्ता तथा जनताको भावना अनुसार सन्चालन हुने भएका कारण जुन पदमा उपयुक्त ठान्छन्, सोही पदमा उम्मेदवारी दिने वताए । उनलाई कांग्रेस नुवाकोटले २ नं. क्षेत्रिय समितिको सिफारिसका आधारमा प्रतिनिधी सभाको समानुपातिककतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको छ ।
उमेरले आठ दशक नाघेका केसीले निर्वाचन नलड्ने घोषणा गरेसँगै नुवाकोटको राजनीति र केसीबीचको यो पर्याये विस्तारै सेलाउँदै जाने पो होकि भनेर उनका कार्यकर्ताहरु वताउंछन् । उद्यपि, केसीका उत्तराधिकारीका रुपमा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, डा. केदारनरसिंह केसी मैदान प्रवेश गरिसकेका छन् । केसीका यि दुवै भाइले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन लड्ने चासो देखाएका छन् ।

पत्रकाहरुहरुसंग नेता अर्जुननरसिहंक केसीले देशको राजनीतिक अवस्थाका विषयमा आफ्नो धारणा राख्दै अहिलेको निकास सर्वपक्षीय शक्तिशाली आयोग गठन गरेर वार्ता र सम्वादमार्फत देशको निकास दिनुपर्नेमा जोड दिएका छन् । केसीले पार्टीभित्र एकता, पारदर्शिता र अनुशासन आवश्यक रहेको बताएका छन् । नेता केसीले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट पार्दै चुनाव नलड्नुको अर्थ राजनीति छाड्नु होइन भन्ने धारणा राखेका हुन् ।
उनले पार्टी र संगठनप्रति आफ्नो सक्रियता निरन्तर रहने उल्लेख गर्दै गुटबन्दी र एकपक्षीय निर्णय प्रवृत्तिको विरोध गरे । कांग्रेसले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि गरेको सिफारिस मापदण्ड विपरित भएको भन्ने पत्रकारको जिज्ञासमा कांग्रेसको केन्द्रले अनितम निर्णय गर्ने वताए ।

उनले देशमा निकास दिनका लागि पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै कुनै पनि निर्णय व्यक्ति केन्द्रीत नभई सामूहिक सहमतिका आधारमा हुनुपर्ने बताए । केसीले आलोचना र असहमतिलाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिँदै पार्टीको उच्च नेतृत्वदेखि तल्लो तहसम्म सत्य र जिम्मेवारीपूर्वक बोलिरहने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा संविधान सभा सदस्य तथा कांग्रेस नुवाकोटका पुर्व सभापति जगदीश्वरनरसिंक केसीले पार्टीलाई एकताबद्ध बनाएर समयअनुकूल नीति र कार्यक्रम अघि बढाउनु आजको आवश्यकता रहेको उनको भनाई छ । उनले निर्वाचनमा कांग्रेस एकढिक्का भएर जाने वताए ।









