बिदुरः नुवाकोटको धार्मिक, ऐतिहासिक तथा पर्यटकिय तलजु भवानीको मन्दिर पुर्ननिर्माण भइरहेको छ । गत २०७२ सालको विनासकारी भुकम्पले नुवाकोट टाकुरोमा रहेको तलेजु (तुलजा) भवानी मन्दिरसहितको संरचना ध्वस्त पारेको थियो ।


विदुर नगरपालिका–२ मा रहेमो मल्लकालीन सम्पदा तलेजु (तुलजा) भवानी मन्दिरको पुनर्निर्माण भइरहेको छ । गत २०७२ साल बैशाख १२ को विनासकारी भूकम्पले क्षतिग्रस्त भएको उक्त मन्दिर चीन सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेकुो छ ।

चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत क्षतिग्रस्त संरचना हटाई हाल जगसतह सुरक्षित बनाउने कार्य भइरहेको विदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत महिनादेखि तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माण कार्य प्रारम्भ गरिएको थियो ।

नुवाकोट दरबार र तलेजु भवानीको मन्दिरको जारी रहेको पुर्ननिर्माण कार्यको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसहितको प्राविधिक टोलीले स्थलगत अवलोकन तथानिरीक्षण गरेको छ । गत महिना भूमिपूजा गरेर सुरु भएको साततले दरबार, तलेजु भवानी (तुलजा) मन्दिरको जग–सतहको संरक्षणको लागी अहिले जोखिम रहेको स्थानहरुमा पिल्लर निर्माण सहितको संरचना निर्माणका कार्य भइरहेको छ ।

अवलोकन एंव निरीक्षणको क्रममा ’चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’का प्राविधिक प्रतिनिधिहरु, नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेलगायत स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । साततले दरबार, तलेजु भवानी (तुलजा) मन्दिरको जग–सतहको संरक्षणको लागी अहिले जोखिम रहेको स्थानहरुमा पिल्लर निर्माण सहितको संरचना निर्माणका कार्य भइरहेको छ ।


















