बिदुरः सर्वसाधारणको स्वास्थ्य सुविधाका लागि नुवाकोटको खड्गभन्ज्याङमा गाउंघर क्लिनिक सन्चालन गरिएको छ । यसवाट गाउ.वासी खुसी भएका छन् ।

विदुर नगरपालिका कार्यालय र विदुर ३ वडा कार्यालयको सहयोगमा खड्गभन्ज्याङमा उक्त गाउंघर क्लिनिक सन्चालन गरिएको हो । सर्वसाधारणको गाउं, टोलमै पुगेर स्वास्थ्य परिक्षण तथा उपचार गरिएको स्वास्थ्यकर्मीहरु वताउंछन् ।

विगतमा विविध कारण समयमै हुन नसकेको सोे गाउँघर क्लिनिक सेवा पुनःसञ्चालनमा आएको खड्गभन्ज्याङ स्वास्थ्यचौकीले जनाएको छ । उक्त गाउँघर क्लिनिक सेवा प्रत्येक महिनाको २३ गते विदुर नपा ३ देवीघाटमा सञ्चालन गरिने वडाधयक्ष वद्रीप्रसाद रिमालको भनाई छ ।





