बिदुरः आठौं एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको कोलोराडोमा सकिएको छ । नेपालका धेरै चलचित्रकर्मीहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा कलाकारहरुको वृहत सहभागितामा उक्त आठौं एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ सम्पन्न भएको हो ।


उक्त कार्यक्रमले नेपाली चलचित्रको अन्र्तराष्ट्रिय पहिचानको उजागर गरेको छ । नेपाली चलचित्र, कला र संस्कृतिको प्रवद्र्धनका लागि निरन्तर सहयोग, सहकार्य गर्दै आएको चलचित्र विकास बोर्डको सक्रिय सहभागिता रं सहकार्यमा आयोजित उक्त प्रतिष्ठित कार्यक्रममा पाँच दशकदेखि योगदान पु¥याएका अग्रज कलाकारदेखि नयाँ पुस्तासम्म एउटै मञ्चमा सम्मानित भएको वोर्डका अध्यक्ष दिनेश डिसीले वताए ।

उनका अनुसार दीर्घसाधना, अभियानश्री, जुरी अवार्डदेखि ‘फिल्म अफ द इयर’सम्म—नेपाली चलचित्रको मेहनत, प्रतिबद्धता र अन्तर्राष्ट्रिय पहिचानलाई उजागर गर्न यस कार्यक्रमले सकारात्मक भुमिका खेलेको छ । देशभित्र मात्र होइन, विश्वभर छरिएर रहेका नेपाली चतलचित्रप्रेमीहरूसँग जोड्दै नेपाली चलचित्र क्षेत्रलाई निरन्तर साथ, सम्मान र सम्भावनाको बाटो देखाउँदै अघि बढिरहने हौसला तथा उत्प्रेरणा मिलेको कलाकारहश्रले वताए ।

चलचित्र विकास बोर्ड सदैव नेपाली चलचित्रको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रममा नेपालको चलचित्रको अवस्थालाई दर्शाउन मद्धत पुगेको कारण सहभागी अग्रज कलाकमीृ, स्रष्टा, चलचित्रकर्मी र आयोजकप्रति वार्ड ऋणी रहेको जनाएको छ ।

























