बिदुरः पशुपतिनाथको पर्यायको रुपमा पुजिदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरुले चढाएको भेटी गणना पुरा गरिएको छ । दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर धाम मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी संकलन गरि गणना सम्पन्न सकिएको हो ।


मेलामा देश तथा विदेशवाट सर्वसाधारण मन्दिर पुगि दर्शन गर्दै दुप्चेश्वमा गाइको दुधका साथै भेटी चढाएका थिए । धान्यपुर्णिमाको अवसरमा यस वर्ष लागेको साताव्यापी मेलामा संकलित भेटि आइतवार गणना गरिएको हो । स्थानीय समुन्द्रटार प्रहरी कार्यालय परिसरमा संकलित भेटि गणना गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष तथा दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले वताए ।

भेटी गणना कार्यमा कोषका पदाधिकारी, गापा तथा मन्दिरका कर्मचारी, प्रहरी, सर्वसाधारण तथा स्थानीय रुक्मिणी माविका शिक्षक विद्यार्थीहरुले साथ दिएका थिए । दुई समूहमा गरिएको भेटि गणनामा मेलावाट संकलित भेटि कुल १२ लाख ८८ हजार एकसय ८० रुपैया गणना गरिएको हो । मन्दिर परिसरमा राखिएको कयुआर कोडमार्फत मात्र ३४ हजार एकसय रुपैया संकलन भएको कोषले जनाएको छ ।

उक्त भेटि गत वर्षको भन्दा धेरै हो । गत वर्षको सोही मेलामा कुल आठ लाख ६४ हजार दुई सय १२ रुपैया मात्र भेटी संकलन भएको थियो । दुप्चेश्वर सवैको मुख्य आस्थाको केन्द्र वन्दै गइरहेको स्थानीयवासीको भनाई छ । यस वर्ष धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

दुप्चेश्वर क्षेत्र विकास कोषले दान तथा भेटीको गणना गरी सार्वजनिक गरे अनुसार उक्त भेटि मन्दिरबाट संकलन गरि समुन्द्रटार प्रहरीचौकीमा लगेर गणना गरिएको हो ।
सो भेट गत वर्षको भन्दा तीनलाख ७० हजार तीनसय ४७ रुपैया धेरै हो । गत वर्ष सोही मेलामा दुप्चेश्वरको भेटी ४ लाख ९३ हजार ८ सय ६५ रुपैयाँ मात्र सङ्कलन भएको थियो ।

यस वर्ष गत वर्ष भन्दा कुल चारलाख २३ हजार नौसय ६८ रुपैया धेरै भेटि संकलन भएको हो । हिन्दु तथा वौद्धमार्गीको संगमस्थल दुप्चेश्वर मन्दिरमा लागेको मेलामा संकलित भेटीगणना दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, प्रहरी अधिकारी, स्थानीयवासी, राजनीतिकर्मी, अगुवा, युवालगायतको उपस्थितिमा गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा गापा कार्यालय क्रियाशील रहेको बताए । यातायात र मोटरबाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । यस वर्ष दुप्चेश्वर मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा दुई सातासम्म गरि एकलाख २५ हजार जनाले सहभागिता जनाएको कोषले जनाएको छ । मेलामा सवै किसिमका मानिसहरु आएर दुप्चेश्वरमा पुजापाठ गर्नुका साथै दूध, दाम्लो, जनै, सुपारी चढाएको दुप्चेश्वर मन्दिरका पुजारी भगवानहरि धितालले वताए । उनका अनुसार सो मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो ।

दुप्चेश्वरमा प्रत्येक शिवरात्री, धान्यपुर्णिमालगायतका अवसरमा विशेष मेला लाग्ने गर्दछ । प्रत्येक सोमवार, विहीवार तथा शनिवार गाडी नै रिजर्भ गरेर भक्तजनहरु दुप्चेश्वर पुगिरहेका छन् ।

दुप्चेश्वर धाम जान नुवाकोटको विदुरवाट गंगटे हुंदै र काठमाडौको टोखावाट नुवाकोटको शिवपुरी, लिखु, तादी हुदै सांढे दुई घण्टाको मोटरयात्राको दुरीमा पुग्न सकिन्छ । दुप्चेश्वर हिन्दु तथा वौद्ध समुदायको सामूहिक आकर्षणको केन्द्र भइरहेको दुप्चेश्वर गापाका कर्मचारी भुपेन्द्र केसीले जानकारी दिए ।













