बिदुरः नुवाकोट महोत्सवको नवौं संस्करणको मिति सार्वजनिक भएको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा नवौँ नुवाकोट महोत्सव आयोजना गरिएको छ । सङ्घको मंगलवार सम्पन्न पुर्ण वैठकले आगामी माघमा नवौं नुवाकोट महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।


स्थानीय उत्पादन, वजारीकरण, प्रवद्र्धन, कला, संस्कृतिको जगेर्नाका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको भनाई छ । संघले महोत्सवको मिति र लोगोसमेत एकैपटक सार्वजनिक गर्दै नवौं नुवाकोट महोत्सव आगामी माघ ७ गतेदेखि १७ गतेसम्म विदुरमा आयोजना गर्ने तयारी सुरु गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

बैठकले महोत्सव बिदुर नपा ४ बिदुरवजारमा नै गर्ने निर्णय समेत गरेको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । यसअघिको आठौं नुवाकोट महोत्सव पनि संघले दुई वर्ष अघि विदुरमा नै गरेको थियो । महोत्सवले नुवाकोटको पहिचान, व्यापार प्रवद्र्वन तथा पर्यटन विकासमा महोत्सव योगदान दिने आयोजकको अपेक्षा रहेको छ ।






