बिदुरः आफुलाई फरक धारको शक्तिको रुपमा वताउंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटका विभिन्न वडा तथा स्थानीय तहहरुमा भेला गरिरहेको छ । रास्वपाले भेलासहित अधिवेसनसमेत गरिरहेको छ । रास्वपाले पछिल्लो पटक बेलकोटगढी नगरपालिकाको वडा अधिवेसन सम्पन्न गरेको छ । पालिका अधिवेसनको तयारीमा जुटेको छ ।


सो दलले बेलकोटगढी ११ र १२ को अधिवेसन सम्पन्न गरेको छ । तिगाँउ चौतारामा भएको बेलकोटगढी ११ को अधिवेसनले इन्द्रप्रसाद रैला सभापति रहेको १३ सदस्यीय वडा समिति निर्विरोध चयन गरेको छ । भेलाले सुनीता लामालाई उप सभापति, . राजेन्द्रप्रसाद तिवारीलाई सचिवमा चयन गरेका छ ।

सदस्यहरुमा बिनिता नेपाली, राजन तामाङ, रोजिन मुडभरी, भीममाया तामाङ, देउती सुचिकार, साकार श्रेष्ठ, सन्जिव तामाङ, प्रकाश तिवारी, भैरव रानामगर र राजेन्द्र मुडभरीलाई चयन गरेको छ । यता, बेलकोटगढी नपा १२ मा . यादवप्रसाद सिलवाल सभापति रहेको नौ सदस्यीय वडा समिति निर्विरोध चयन गरेको छ । भेलाले अन्जु तामाङलाई उप सभापति र दिलीप सेढाईलाई सचिवको जिम्मेवारी दिएको छ ।

सदस्यहरुमा सन्तोष सुनार, सुशीलराज खरेल, पुरुषोत्तम खनाल, ऋष्वेस्वर खनाल, भरतप्रसाद सिलवाल र अप्सरा सुनारलाई चयन गरेको छ । छिट्टै पालिका अधिवसन गरिने रास्वपा महाधिवेसन प्रतिनिधि सुमनविक्रम पाण्डेको भनाई छ ।

यसअघि, रास्वपा बेलकोटगढी नगरपालिका तदर्थ समितिले नुवाकोटको रातमाटेमा सम्पन्न महायज्ञमा आर्थिक सहयोग प्रदान गरेको थियो । समितिका सभापति कृष्णप्रसाद (मनोहर) पन्तले पार्टीको तर्फबाट दुइ लाख एक हजार एक सय ११ रुपैयाँ महायज्ञ मूल समितिका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।






