बिदुरः आसन्न महाधिवेसनका लागि नुवाकोटमा एमालेले महाधिवेसन छनौट प्रक्रिया गरेको छ । दुई वटा क्षेत्र रहेको नुवाकोटवाट नेकपा एमालेले शुक्रवार अवेरसम्म क्षेत्र नं. २ वाट महाधिवेसन प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन गरेको छ ।


नुुवाकोट २ बाट एमालेका ६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन् । खुल्लातर्फ नारायण्प्रसाद खतिवडा, राजेन्द्ररमण खनाल, बुद्धिवहादुर प्रधान र अरुणकुमार श्रेष्ठ चुनिएका छन् भने युवातर्फ विष्णु दाहाल चुनिएका छन् ।
उत्पीडिततर्फ सनम परियार चयन भएका छन् भने महिलातर्फ दुई जना चयन हुन बाँकी रहेको एमाले क्षेत्र नं. २ का संयोजक समरवहादुर आलेमगरको भनाई छ । एमालेले महाधिवेशन प्रतिनिधमा सर्वसम्मत गरेसँगै पार्टीमा उत्साह थपिएको नेताहरुले बताएका छन् ।

क्षेत्र नं १ मा भने आकाँक्षी धेरै भएपछि सहमतिका लागि जिल्ला नेतृत्वलाई जिम्मेवारी दिईएको एमाले क्षेत्र नं. १ ले जनाएको छ । यद्यपि, पार्टी अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीलाई महाधिवेसन प्रतिनिधि सर्वसम्मत लैजानका लागि क्षेत्रिय कमिटिमा प्रस्ताव गरिएको छ ।
एमालेमा ८ सय संगठित सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था रहेको छ । एमालेको आसन्न ११ औं केन्द्रीय महाधिवेशन यहि मंसिर २७ मा हुँदैछ ।





