बिदुरः नुवाकोटमा लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । उक्त अभियानमा प्रभावकारी रुपमा सचेतना प्रदान गरिनु पर्नेमा जोड दिइएको छ ।


१२ स्थानीय तह रहेको नुवाकोटको सवै स्थानीय निकायले लैंगिक हिंशा विरुद्धको अभियानमा विभिन्न सचेतनामुल कार्य गरिरहेका छन् । सडक नाटक, तालिम, प्रशिक्षण, अन्र्तक्रिया, समस्या समाधानका लागि सामूहिक पहलका कार्य, जागरणलगायतका कार्यक्रम गरिरहेका छन् ।

उक्त कार्यक्रमहरु विदुर र बेलकोटगढी नगरपालिका, शिवपुरी, लिखु, तादी, सुर्यगढी, म्यागङ, किस्पाङ, तारकेश्वर, ककनी, पन्चकन्या र ककनी गाउंपालिकामा भइरहेका छन् । ति पालिकाहरुको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

लैंगिक हिंशा विरुद्धको कार्यक्रममा सरोकारवाला तथा महिलाहरुको सहभागिता रहेका छ । जसअन्र्तगत लैंगिक हिंंसा अन्त्य गरौं, हिंसामुक्त समाज निर्माणमा सहभागी बनौं भन्न् माुल नाराका साथ लैंगिक हिसा विरुद्धको १६ दिने अभियान सफल पारौ भन्दै वेलकोटगढीमा हस्ताक्षरसहितको कार्यक्रम गरिएको छ ।

वेलकोटगढी नपा कार्यालय वाघखोरमा हस्ताक्षर संकलन र लैंगिक हिंशा विरुद्धको कार्यक्रमअनर्तगत बेलकोटगढी ७ स्थित महादेबफाटमा जनचेतनामूलक सडक नाटक मन्चन गरिएको छ । सोही कार्यक्रममा नाटकसहित द्विप प्रज्वलनसहित हिंसा गर्ने र सहनु दुबै अपराध हो भन्ने सन्देश प्रदान गरिएको थियो ।











