बिदुरः नुवाकोटको त्रिशूली अस्पताल स्वास्थ्य सेवा प्रवाहका सूचकमा बागमती प्रदेस अन्र्तगतका स्वास्थ्य सस्थामा दोश्रो भएको छ । कार्यक्रमकावीच दोश्रो भएको प्रमाणपत्र प्रदान गरिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेसस्तरीय समिक्षा कार्यक्रममा गरिएको मूल्याङ्कनमा नुवाकोटको त्रिशूली अस्पताल दोश्रो भएको हो । मुख्यमन्त्रि इन्द्रवहादुर वानियाले प्रमाणपत्र प्रदान गरेका छन् ।


विगतमासमेत प्रदेस र संघीय स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायले गर्ने विभिन्न विद्याका सूचकहरुमा उत्कृष्ट स्थान हासिल गर्दै आएको त्रिशूली अस्पतालले गत आर्थिक वर्षमा प्रवाह गरेको विभिन्न स्वास्थ्य सेवाको सूचकमा बागमती प्रदेस अन्र्तगतका स्वास्थ्य सस्था मध्येमा दोश्रो स्थानमा पर्न सफल भएको हो । अस्पतालका प्रमुख डा. राजेन्द्र लामालाई मुख्यमन्त्रि वानियाले प्रमाणपत्र प्रदान गरेका हुन् ।

नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको त्रिशूली अस्पतालमा आकस्मिक र वहिररंग गरि दैनिक रुपमा पांचसय जनाको उपचार हुदै आएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ । उनका अनुसार उक्त अस्पतालको सेवा प्रवाहलाई नियमित रुपमा उत्कृष्ट बनाउनको लागी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिसहितको पदाधिकारी, कर्मचारीलगायतको स्वास्थ्यकर्मी÷कर्मचारीको भूमिका उल्लेख्यनीय रहेको अस्पतालले जनाएको छ ।

विभिन्न तहमा रहेका जनप्रतिधि, सरोकारवालाहरुको सकारात्मक सहयोगले त्रिशूली अस्पतालको सेवा प्रवाहलाई बागमती प्रदेसमा उत्कृष्टसहित सबै वर्गको पहुँचको अस्पतालको रुपमा स्थापित गराउन सफल भएको प्रमुख डा. लामाको भनाई छ । यसलाई आगामी दिनमा अझै थप उत्कृष्ट बनाउन लागिपर्ने अस्पतालका निर्देशक डा. लामाले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य सेवा प्रवाहका सूचकमा त्रिशूली अस्पताल बागमती प्रदेसको दोश्रो उत्कृष्ट अस्पतालको रुपमा ७० दशमलव ७२ अंक प्राप्त गरेको छ ।

प्रदेशमा दोश्रो भएसगैँ अस्पतालको निर्देशक डा. लामालाई बागमती प्रदेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रदेस स्वास्थ्य मन्त्री किरण थापामगर, प्रदेस स्वास्थ्य सचिव डा. सुमित्रा गौतम र स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले प्रमाणपत्र प्रदान गरेका हुन् । यससंगै बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा कार्यान्वयन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

स्वास्थ्य सेवा सूचक, वार्षिक कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारिता र प्रस्तुतीकरणको आधारमा गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पताललाई प्रथम र नुवाकोटस्थित त्रिशूली अस्पताललाई दोस्रो स्थान प्रदान गरिएको हो । सुधारोन्मुख सेवाका कारण त्रिशूली अस्पतालको मूल्याङ्कन उकालो लाग्नुका साथै अस्पतालमा नयाँ सञ्चालक समिति गठन भएपछि प्रशासनिक सुधार, सेवा व्यवस्थापन, पारदर्शिता र अनुशासनमा उल्लेखनीय प्रगति भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा संरचनागत सुधार, विशेषज्ञ सेवा विस्तार, स्वच्छता व्यवस्थापन, उपकरण अभिवृद्धि र आन्तरिक अनुशासनमा सुधार भएको अस्पतालकी सदस्य अन्जली पाण्डेको भनाई छ ।







