बिदुरः पुर्व प्रधानमन्त्रि तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशका कम्युनिष्टहरुवीच एकताको अपरिहार्य रहेको वताएका छन् । देशमा लोकतन्त्रवादीहरु एकजुट नभई देशको समस्या समाधान हुन नसक्ने उनको दावी छ । नुवाकोटको दुई छुट्टाछुट्ट्रै स्थान पन्चकन्या र लिखुमा आइतवार आयोजित कार्यक्रममा उनले देशमा वामपन्थी शक्तिहरुको धेरै धार हुंदा अरुले हेप्ने र गलत अर्थ लगाइरहेको वताए । देशमा परिवर्तनका लागि महत्वपुर्ण भुमिका खेलेका कम्युनिष्ट शक्तिहरु चारतीर फर्किएका कारण अरुले गिजोल्ने र उधिन्ने अवसर पाएको दावी गरे ।


देशमा सवै समस्याको समाधानका लागि नयां जनादेश अर्थात् निर्वाचन एकमात्र विकल्प भएको ठहर गर्दै प्रचण्डले निर्वाचनवाट आएको शक्तिले देशमा समस्या समाधान हुने वताए । संविधान र गणतन्त्रको रक्षार्थ पनि फागुन २१ गतेको निर्वाचन हुनुपर्ने आफ्नो दलको धारणा रहेको वताउंदै प्रचण्डले निर्वाचन सम्पन्न गरेर स्थायी शान्ति, संविधान र गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत वताए । उनले देशमा रहेका कम्युनिष्ट घटकहरु मिल्नुको विकल्प नरहेको दोहो¥याए । देशमा संविधान र लोकतन्त्रवादी शत्तिहरुको मोर्चा नै वनाउनु पर्ने समय आइसकेको पनि वताए ।

समयमै निर्वाचन नभए देशमा समस्या सिर्जना हुने उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि निर्वाचन एकमात्र अवसर रहेको र यसका लागि देशका सवै कम्युनिष्ट शक्तिहरु एकजुट भएर अगाडि वढ्नुपर्ने अवस्था आएको वताए । अहिले देशको राजनीतिक सहज अवस्थामा नरहेका कारण त्यसको निकासका लागि सवै कम्युनिष्ट एक हुनुपनेै वताए । चुनावका लागि कांग्रेस पनि तयार रहेको र ढिलोचाढो नेकपा एमाले पनि चुनावका लागि तयार हुने उनले वताए । प्रतिनिधि सभा पुर्नस्थापनाको माग एमालेले राखे पनि एमाले पनि चुनावमा गएरै छाड्ने प्रचण्डले दावी गरे ।

देशमा भएका परिवर्तन, पुर्वाधारको विकास र जनताको खुसीलाई एकपक्षिय शक्तिले देखिनसहेका कारण यसको सवै वुझेर देशलाई निकास दिनु पर्ने वताए । आाडम्वर नगरि सवैले सुधार गर्नु पर्ने र सुध्रिनु पर्ने पक्षमा अगाडि जानुको विकल्प नरहेको पनि प्रचण्डले वताए । देशमा अब युवाहरूलाई समेटेर नयां शिरावाट अगाडि वढ्नु पर्ने र यहिलाई आत्मसात गर्नुपनेर्् पनि उनले वताए ।

प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा अव नयां अर्थात् युवा पुस्तालाई गाइडेड गर्ने पनि बताए । ‘अब तपाईंहरूलाई साथैमा लिएर हिड्ने हो, नयां नेपालको संकल्प हामीले गर्नुपर्छ र जनताको मुहारमा परिवर्तनको सपना हामीले देख्नुपर्छ,’ प्रचण्डले भने । यो वातावरण बनाउन आफू र आफ्नो दल नेकपा लागि परेको पनि उनले बताए । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढनुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमापनि उनको भनाई छ ।

देश र जनताका लागि आफूहरूले निरन्तर प्रतिनिधि सभामा रहेर संघर्ष गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेनजी आन्दोलन भएपछि थप उर्जा प्राप्त भएको पनि प्रचण्डले बताए । जेनजी पुस्ताले पहलकदमी लिएर गत भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई र विश्वभर रहेका नेपालीहरूलाई राम्रैसँग झकझक्याएको पनि प्रचण्डले बताए ।

वितेको घटनाले एउटा नयाँ परिस्थिति निर्माण गरेको र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित र बाध्य दुवै पारेको प्रचण्डको भनाइ रहेको छ । यस अर्थमा आन्दोलनमा सहभागी सबै बधाइका पात्र रहेको उल्लेख गर्दै उनले भने, ‘जेनजी युवाहरूले उठाएका माग सही छन् । आन्दोलनको उदेश्य सही छ ।’

आफूहरूको माग र जेनजीहरूको मागमा समानता देखिएको पनि उनले बताए । मागमा समानता भएपनि आफूहरूबाट विगतमा जति गर्न सक्नुपर्दथ्यो त्यति गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अगाडि बढ्न तयार भएको उनको भनाइ छ । युवाहरूको स्पिरिट अनुसार नयाँ नेपाल निर्माण गर्ने संकल्प लिन भने फेरि एकै ठाउँमा रहन सकिने उनले आग्रह गरे । आफू १६ वर्ष उमेर पुगेपछि पार्टीमा जोडिएर राजनीतिमा संलग्न भएको पनि उनले स्मरण गरे ।

२७ वर्षको उमेरमा युवक संगठनको अध्यक्ष भएको र ३५ वर्षको उमेरमा पुग्दा आफू पार्टीको प्रमुख नेता भएको सुनाए । युवाहरूलाई नै लिएर आफूले १० वर्षे सशस्त्रयुद्ध गरेको र २०६२/०६३ को आन्दोलनमा युवाहरूकै सक्रियता रहेको पनि प्रचण्डले सविस्तार व्याख्या गरे ।

उनका अनुसार युवाहरूकै सक्रियतामा नेपालमा संविधान सभाको निर्वाचन हुन सकेको, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आउन सकेको हो । महिला, दलित, आदिवासी, जनजाती, थारु, मुस्लिम, मधेशी लगायत सबै उत्पीडित वर्ग र समुदायले समावेशिता प्राप्त गर्ने आधार तयार गर्नमा समेत युवाको सक्रियता र खबरदारी महत्वपूर्ण रहेको प्रचण्डको भनाई छ ।

विगतमा आफूहरू नेपालबाट सामन्ती उत्पीडनको अन्त्यको सपना देखेर राजनीतिमा आर्कर्षित भएको उल्लेख गर्दै उनले अहिलेका युवाहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको सपना देखेको आफूले पाएको बताए । नेपालमा भएको परिवर्तन देखेर एक प्रकारका सामन्ती सोच पालिरहेकाहरुलाई सह्ैय नभएको र यसको वेलैमा सचेत रहनुपर्ने प्रचण्डको भनाई छ । युवाहरूले वैैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल अर्थात् जनगणतन्त्रसम्म पुग्ने सपना समेत युवाहरूमा रहेको पाउँदा खुसी लागेको वताए । अब जुन पुस्तामा रहेको भएता पनि युवाको सपना पुरा गर्न सकै एक हुनुपर्ने र त्यसका लागि आफूहरू तयार भएर अगाडि बढेको प्रचण्डको भनाइ रहेको छ ।

अव युवालाई साथ लिएर सामूहिक रुपमा वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नयाँ नेपालको अभियानबारे घनिभूत छलफल भइरहेको बताए । ’मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु, अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ, युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ, त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ,’ संयोजक दाहालले भने ।

उनले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने पनि बताए । ’नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो, अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ,’ दाहालले भने ।

संयोजक दाहालले देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेन–जी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताएका छन् । उनले जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पु¥याएको पनि धारणा राखे । आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेन–जीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र जनभावनाअनुसार आफूलाई बदल्ने नयाँ संकल्प जेन–जी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे ।

पुर्वमन्त्रि तथा नेकपाका नेता हितवहादुर तामाङले जनताको नयां चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै अव यही सङ्कल्प बोकेर नेकपा अघि बढ्नुपर्ने बताए । उनले विकास र परिवर्तनलाई जनपक्षिय वनाउन आवस्यक रहेको पनि वताए ।

कार्यक्रममा संविधान सभा सदस्य विमला सुवेदी, वागमति प्रदेश सभा सदस्य राधिका तामाङ, रामप्रसाद ढुंगाना, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशलगायतले देशमा संविधान र गणतन्त्रको रक्षाका लागि निर्वाचनमा जानु पर्ने वताए । निर्वाचनवाटै देशमा समस्याको समाधान हुने उनीहरुको तर्क रहेको छ ।











