बिदुरः राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले अधिवेसनको तयारी गरेको छ । उक्त पार्टीले प्रदेश, क्षेत्र तथा जिल्लाको अधिवेसन मिति तय गरेको हो । संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको उक्त दलले संगठन विस्तार अन्र्तगत अधिवेसन अभियान सन्चालन गरेको हो । राप्रपा नुवाकोटको विदुरमा सम्पन्न पुर्ण बैठकले यहि मंसिर २८ गते आइतवार विदुरमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।


वैठकमा राप्रपाका केन्द्रीय सहमहामन्त्रि झनकवहादुर प्याकुरेल, सहायक महामन्त्रि दीपक राई, केन्द्रीय सदस्यद्वय भरतप्रसाद पाठक, जनकराज पाठकको उपस्थितिमा राप्रपाको संगठन विस्तारलाई प्रमुखता दिइएको जिल्ला अध्यक्ष कुलबहादुर खड्गीले जानकारी दिए । उनका अनुसार सो वैठकले यहि मंसिर २४ र २५ गते प्रदेश र क्षेत्रीय अधिवेशन तथा मंसिर २८ गते जिल्लो अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले विदुर नगरपालिकामा मंसिर २१ गते र बेलकोटगढी नगरपालिकामा मंसिर २२ गते पालिका समितिको अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले ककनी गाउपालिकामा मंसिर १७ गते, पञ्चकन्या गापामा मंसिर १६ गते, दुप्चेश्वर गापामा मंसिर २३ गते, शिवपुरी गापामा मंसिर १३ गते र लिखु गापामा मंसिर २० गते अधिवेशन गर्ने निर्णय गरेको राप्रपा नुवाकोटले जनाएको छ ।

किस्पाङ, सुर्यगढी, म्यागङ र तारकेश्वर गापामा अधिवेसन सम्पन्न भइसकेको राप्रपाले जनाएको छ । दुई वर्ष अगाडि नै राप्रपाको जिल्ला अधिवेसन हुनुपर्नेमा विविध कारणले ढिलो भएको जनाइएको छ ।





