बिदुरः पुर्व प्रधानमन्त्रि तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आइपुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन ’प्रचण्ड’ नुवाकोट आएका हुन् ।


नुवाकोटवाट काठमाडौ प्रवेशको छोटो दुरीको टोखा–छहरे–त्रिशूली सडकमार्ग हुदै ‘प्रचण्ड’ शनिवार वेलुकी शिवपुरीवाट घलेभनज्याङ प्रवेश गरेका हुन् । विभिन्न स्थानमा आयतवार तय भएको कार्यक्रमहरूमा प्रमुख आतिथ्यता गर्न प्रचण्ड नुवाकोटको पन्चकन्यास्थित घलेभन्ज्याङ पुगेका हुन् ।

प्रचण्ड शनिवार पञ्चकन्या–३, घलेभञ्याङमा रहेर स्थानीय स्तरमा भेटघाट, अन्र्तक्रिया, निरीक्षण तथा राजनीतिक कार्यक्रम वयवस्त रहेका छन् । आइतवार प्रचण्डले लगातार दुई वटा कार्यक्रममा सहभागिता जनाउने नेकपा नुवाकोटले जनाएको छ ।

दाहाल गत महिना विभिन्न १० पार्टीबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष भएपछि पहिलोपटक नुवाकोट आएका हुन् । उनको स्वागतका लागि सोि दलका नेता, कार्यकर्ताहरु शिवपुरी तथा पन्चकन्या पुगेका थिए ।

उनको साथमा पुर्वमन्त्रि हितवहादुर तामाङ, प्रतिनिधि सभाकी निवर्तमान सदस्य विमला सुवेदी, भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहाल, अर्का छोरी गंगा दाहाल, वागमति प्रदेश सभा सदस्य राधिका तामाङ र रामप्रसाद ढुंगानालगायत रहेका छन् । नेकपाका अनुसार संयोजक दाहाल पञ्चकन्या गाउँपालिका ३ स्थित घलेगाउँमा रहेको घलेगाउँ सांस्कृतिक भवन उद्घाटनका लागि आएका हुन् ।

उक्त कार्यक्रम आइतवार बिहान राखिएको छ । लगत्तै उक्त कार्यक्रमपछि संयोजक दाहालले लिुख गाउँपालिका ५ स्थित सहिद स्मृति पार्कको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाली कम्युनिष्ट पार्टी नुवाकोटले जनाएको छ ।







