बिदुरः एक सर्वोत्कृष्टसहित तीन जना उद्यमी उत्कृष्ट रुपमा छनौट भएका छन् । बागमती प्रदेश उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले नुवाकोटका दुई र रसुवाका एक जना उद्यमीलाई उत्कृष्ट उद्यमीमा छनौट गरेको हो ।मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत नुवाकोटका एक सर्वोतकृष्टसहित दुई र रसुवाको एक उद्यमीलाई उत्कृष्ट छनौट गरेको हो । प्रदेशको आर्थिक विकासमा उद्योगमार्फत पु¥याएको योगदान स्वरुप नुवाकोटको म्यागङ गाउँपालिका–३ देउरालीमा रहेको चिया कृषि फर्मका प्रोप्राइटर सेल्कर तामाङ सर्वोत्कृष्ट उद्यमीको रूपमा छनौट भएका हुन् ।


उनको नवप्रवर्तन र उद्यमशीलतालाई वागमति प्रदेश सरकारले विशेष मूल्याङ्कन गरेको हो । यसैगरी, ककनी गाउँपालिका–२ हिलेभित्तामा रहेको नमुन्चेत कृषि फर्मकी प्रोप्राइटर कान्छीमाया तामाङ उत्कृष्ट उद्यमीको रूपमा छनौट भएकी छन् । उनले कृषि क्षेत्रमा पु¥याएको योगदानको प्रशंसनीय गर्दै छनौटमा पर्न सफल भएको छ । उता, छिमेकी रसुवाको नौकुण्ड गापा ५ मा रहेको राजेश कृषि तथा पशुपन्छि फर्मसमेत उत्कृष्टको रुपमा छनौट भएको छ ।
प्रो. राजेश थिङले दुर्गममा रहेर उद्यममा गरेको योगदानको सम्मानस्वरुप उनको उद्योग उत्कृष्टमा छनौट भएको हो । मन्त्रालयले स्थानीयस्तरमा उद्यमशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । सर्वोेत्कृष्ट तथा उत्कृष्ट छनौट भएका उद्यमीहरुलाई उद्योग दिवस २०८२ को अवसरमा पुरस्कारसहित सम्मान गरिने जनाएको छ । यसैवीच, नुवाकोटमा उद्योग दिवसको अवसरमा जिल्लास्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटले ११औँ उद्योग दिवसको असवरमा यहि मङ्सिर ११ गते विहीवारदेखि १३ गतेसम्म विदुरमा रहेको कार्यालय परिसरमा औद्योगिक प्रदर्शनीको आयोजना गरेको हो । जिल्लाका उद्यमीहरुले उतपादन गरेका स्थानीय उत्पादनहरूलाई प्रदर्शन र वजारीकरण गर्ने उद्धेश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको कार्यालय प्रमुख सीताराम घिमिरेले जानकारी दिए । उनका अनुसार उद्यमीहरुले उतपादन गरेका सामग्रीहरुको प्रदर्शन र वजारीकरणको अवसरलाई सदुपयोग गर्न सम्पुर्ण उद्यमीहरुलाई आग्रह गरिएको छ । आफ्नो उत्पादनहरूलाई उक्त औद्योगिक प्रदर्शनी मेलामा प्रदर्शन गर्न इच्छुक सम्पूर्ण उद्यमीहरूलाई कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरिएको प्रमुख घिमिरेको भनाई छ ।






