बिदुरः आधुनिक शिक्षामा जोड दिदै एक युवकले गाउंको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन् । यसवाट विद्यार्थीहरु अध्ययनप्रति हौसिएका छन् ।


नुवाकोटसंग जोडिएको रसुवाको उत्तरगया गापा ५ वेत्रावतिवजारका शिक्षाप्रेमी युवक दिलकृष्ण श्रेष्ठले आफ्नो ४४ औं जन्मदिनको अवसरमा गाउंको विद्यालयलाई विहीवार एक थान आधुनिक कम्प्युटर प्रदान गरेका हुन् । श्रेष्ठले उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थिते शिवालय आधारभूत विद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

गत वर्ष विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेका श्रेष्ठले यस वर्ष जन्मदिनमा शैक्षिक क्रियाकलापमा मद्धत पुग्ने उद्देश्यसहित एक थान आधुनिक कम्प्युटर हस्तान्तर गरेको विद्यालयका प्रधानाध्यापक भरत पौडेलको भनाई छ । कक्षा १ देखि आठसम्म पठनपाठन भइरहेको सो विद्यालयमा कम्प्युटर प्राप्त भएसँगै प्रविधिमुलक शिक्षामा थप सहजता आउने र विद्यार्थीहरू लाभान्वित हुने विद्यालयले जनाएको छ ।

श्रेष्ठले आफूले जन्मदिनको सन्दर्भमा सामाजिक भावले कम्प्युटर खरिद गरि विद्यालयलाई प्रदान गरेको बताए । सहयोगलाई निरन्तरता दिने उनको भनाई छ ।

विश्व बालदिवसमा सचेतनामुलक ¥याली
नुवाकोटको कोलोनीमा विहीवार विश्व बालदिवस २०८२ (नोभेम्वर २०) को अवसरमा सचेतनामुलक कार्यक्रम गरिएको छ । राष्ट्रिय र अन्र्तराष्ट्रिय दुई नाराका साथ उक्त कार्यक्रम गरिएको हो ।

मेरो दिन, मेरो अधिकार भन्ने अन्तराष्ट्रिय नारा र बालबालिकामा सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नाराका साथ नगर प्रहरी कार्यालय कोलोनी र भैरुम माबि हात्तिगौडाको आयोजनामा सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष विजय गुरुङ, भैरुम माबिका अध्यक्ष सविन श्रेष्ठ, शिक्षक शिक्षिका तथा बिद्यार्थीहरु, प्रहरी र सर्वसाधारणको सचेतनामुलक ¥याली गरिएको हो ।







