बिदुरः शैक्षिक तथा खेलकुदका लागि प्रोत्साहनस्वरुप नुवाकोटको एक विद्यालयमा अधययनरत विद्यार्थीहरुलाई शैक्षिक एंव खेलकुद सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु प्रोत्साहित भएका छन् ।


शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय शिक्षाप्रेमी रामकाजी (स्वर्णिम) थापाको पहलले तारकेश्वर गाउंपालिका ४ स्थित चक्रेश्वर आधारभूत विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक र खेलकुदको सामग्री उपलब्ध गराइएको हो । विद्यालयमा आयोजित कार्यक्रमकाबीच बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुको शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुलाई सहयोगको लागी उक्त सामग्रीहरु प्रदान गरिएको हो ।

विगत देखि नै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय थापा तारकेश्वर गापा ४ का वडासदस्यसमेत हुन् । सामाग्री प्रदानसहित विद्यालयको कार्यालय कक्ष र बालकक्षामा कार्पेट, कुशन, भित्तेलेखन, गलैचा लगायतका सामा्रीको समेत व्यवस्थापन गरिएको छ भने थापाको पहलमा यसअघि पनि तारकेश्वर गापाकै ६ वटा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिसकिएको छ ।

उनले हालसम्म नुवाकोट, लमजुङ र कास्कीका विद्यालयमा शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । हालसम्म उनले कुल पांचसय विद्यार्थीहरुलाई थापाकै पहलमा विद्यालयको लागी साउण्ड सिष्टम पनि उपलब्ध गराइएको थियो भने ‘लक्ष्मी सपोर्ट फाउण्डेसन’संगको सहकार्यमा विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो ।

विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री उपलव्ध गराएका थापा, सहयोगी सँस्था लक्ष्मी सपोर्ट फाउण्डेसनका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले आधुनिक र गुणस्तरिय शिक्षामा जोड दिए ।













