बिदुरः विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको मंगलवार सम्पन्न छात्र छात्रातर्फको दुवै खेल समपन्न भएको हो । प्रतियोगिताको दुवैतर्फको उपाधि अर्किड एकेडेमीले जितेको हो । विजेता तथा उपविजेता खेलाडि तथा विद्यालयलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे ।


नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न प्रतियोगिता अन्र्तगत छात्रातर्फको उपाधि भिडन्तमा अंिर्कड एकेडेमीले चन्द्रज्योति माविलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । उक्त रोमान्चक, प्रपतस्पर्धात्मक खेल दर्शकहरुले रुचाएका थिए । छात्रतर्फको फाइनल खेलमा पनि अंिर्कड एकेडेमीले प्रतिस्पर्धि रणभुवनेश्वरी माविलाई ट्राइवे्रकरमा पराजित गरेको हो । निर्धारित खेल अवधिमा दुवै विद्यालयले दुई÷दुई गोल गरिएकोमा ट्राइवे्रकरवाट निर्णय लिनु परेको थियो ।

ट्राइवे्रकरमा दुईका विरुद्ध तीन गोल गरि अंिर्कड एकेडेमीले सो उपाधि हात पारेको हो । प्रतियोगितामा उपाधि विजेता अंिर्कड एकेडेमीका सन्जित कुमालले म्यान अफ दि म्याचको पुरस्कार पाए । अंिर्कड एकेडेमीकौ सन्जोग कुमाल उत्कृष्ट खेलाडिका रुपमा पुरस्कृत भए । रणभवनेशवरीका विजय माझी उदियमान खेलाडि, महेन्द्र माविका विवेक तामाङ सर्वाधिक गोलकर्ता र रणभुवनेशवरीका सिरिस माझी उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए ।

प्रतियोगितामा विभिन्न २० विद्यालयलवाट छात्रतर्फ १६ र छात्रातर्फ चार टिम सहभागी भएका थिए । नुवाकोट फुटवल संघको आयोजनामा सम्पन्न यू–१४ छात्र÷छात्रा अन्तरविद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिताका विजेता तथा उपविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे ।
उनले खेल जविनले मानिसमा सकारात्मक, मेहनती र अनुशासित वनाउने वताए । उनले खेलाडिको प्रवद्र्धन र पहिचानका लागि यो प्रतियोगिताले विशेष योगदान गरेको वताए । स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा प्रतियोगिता सन्चालन गरिएको आयोजक नुवाकोट जिल्ला फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।

विद्यालयदेखि नै फुटबल खेललाई सशक्त र बलियो बनाउन आयोजित प्रतियोगितामा नुवाकोटका संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि २० टिमको सहभागिता रहेको आयोजक नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडि उत्पादन गर्न मद्धत पुग्नुुका साथै नव प्रतिभावान खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता सन्चालन गरिएको हो ।





