बिदुरः विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्र्तगत सोमवार दुई वटै सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् । छात्राहरु र छात्रवीचको फाइनल प्रतिस्पर्धा मंगलवार तय भएको छ ।


दर्शकहरुले विद्यालयका छात्रहरुको सोमवारको दुईवटै सेमिफाइनल खेलहरु प्रतिस्पर्धात्मक र आकर्षक खेल हेरेर मनोरन्जन लिएका छन् । नुवाकोट फुटवल संघको आयोजनामा नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन भइरहेको प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेलवाट विजेता भई रणभुवनेश्वरी मावि फाइनलमा प्रवेश गरेको हो ।

रणभुवनेश्वरीले प्रतिस्पर्धी शहिद जगतप्रकाशजंग शाह संस्कृत माविलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेर उपाधि भिडन्तका लागि ढोका उघारेको हो । आक्रामक र प्रतिस्पर्धात्मक दोश्रो सेमिफाइनल खेलमा अर्किडले महेन्द्र माविलाई शुन्यका विरुद्ध पांच गोलले पराजित गरि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
छात्रतर्फको रणभुवनेश्वरी र अर्किडवीचको फाइनल मंगलवार अपरान्ह र छात्रातर्फको चन्द्रन्योति मावि र अर्किड वीचको फाइनल मध्यान्ह १२ वजे तय भएको आयोजक नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले वताए ।

उक्त प्रतियोगितामा नुवाकोटका विभिन्न २० विद्यालयलवाट छात्रतर्फ १६ र छात्रातर्फ चार टिम सहभागी भएका थिए । प्रतियोगिता स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा उक्त प्रतियोगिता सन्चालन गरिएको आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।






