बिदुरः सर्वसाधारणको सुविधाका लागि नुवाकोटकोे एकै स्थानमा १३ प्रकारका प्लाष्टिक सर्जरी सुरु भएको छ । त्रिशूलीमा वृहत रुपमा उक्त सर्जरीको शनिवार उद्घाटन गरिएको छ ।


विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा सनचालित तीन दिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले जलन सम्वन्धि र छालाका विरामीहरुको सुविधाका लागि सन्चालित उक्त शल्यक्रिया शिविरवाट लाभ लिन सम्वन्धित विरामीहरुलाई अनुरोध गरे ।

उपमेयर प्रभा बोगटीले वृहत र विशेषज्ञ रुपमा सन्चालित उक्त शिविर प्रभावकारी हुने विस्वास व्यक्त गरिन् । उनले सो शिविरमा प्लाष्टिक सर्जरी गर्न आवस्यक भएका विरामीलाई सुविधा लिन अनुरोध गरिन् । उक्त प्लाष्ट्रिक सर्जरी शिविर आगामी मङ्सिर १ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । उनले शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा छाला सम्वन्धि विरामीहरूले स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको बताए ।

यसका साथै शिविरमा विरामीले परामर्श गरेर आफुलाई चाहिएको उपचार सेवाका सम्वन्धमा जानकारी लिन सक्ने उनले वताए । त्रिशूली अस्पतालमा सन्चालित सो शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका तीन चिकित्सकसहित ११ जना, विदुर नपाका १० जना र त्रिशूली अस्पतालका पांच जना स्वास्थयकर्मी खटिएका छन् ।











