बिदुरः स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको देवीघाटमा रहेको वृद्धाश्रममा वृद्ध बाआमाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्यकर्मीहरुले वृद्ध बाआमाहरुलाई सन्तुलित खानपानमा सचेत रहन आग्रह गरेका छन् ।


“खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ ?आफु मेटाइ अरुलाइ दिनु जहाँ छ“ भन्ने मुल नाराका साथ विश्व मधुमेह दिवसको अवसरमा नुवाकोटको बिदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरूको शुक्रवार स्वास्थय परि।क्षण गरिएको छ । विशेष गरिे ४० जना वृद्ध बाआमाहरूको मधुमेह परिक्षण गरिएको अध्यक्ष विष्णुराज नेपालको भनाई छ ।

उनका अनुसार पछिल्लो समय अस्वस्थ खानपानको कारण मधुमेय रोग व्यापक रुपमा बढिराखेको कारण प्रतिष्ठानमा आश्रित वृद्ध बुबाआमाहरूको पहिलो पटक मधुमेह परिक्षण गरिएको हो । अधिकांश वृद्ध बाआमाहरूको मधुमेय देखिएको स्वास्थ्यकर्मीहरुले वताए ।

लायन्स क्लब अफ काठमाडौँ स्वयम्भूद्वारा सो प्रतिष्ठानमा मधुमेह दिवस मनाउँदै आश्रित वृद्ध बाआमाहरूको स्वास्थ्य परिक्षणसहित सम्पूर्ण बुबाआमाहरुलाई मिष्ठान्न भोजन गराइएको छ । वृद्ध बाआमाहरूको लायन्स क्लब अफ काठमाडौँ स्वयम्भूका अध्यक्ष गीता अमात्यको पहलमा मधुमेय परिक्षण गरिएको हो ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरुको साथमा लायन जोन चेयर पर्सनसुशील फुयाल, उपाध्यक्ष निश्चल पनेरु, उपाध्यक्ष आशिष थापा, सचिव भाइराजा ढुङ्गाना, ल्याब टेक्निसियन समर्पण श्रेष्ठलगायतले वृद्ध बाआमाहरूको स्वास्थ्य सुरक्षाको निरनतरतामा जोड दिए ।








