बिदुरः नेकपा एमाले नुवाकोटले जागरणसभाको पूर्वसन्ध्यमा शुक्रवार मोटरसाइकल ¥याली गरेको छ । अगुवा तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मोटरसाइकल ¥याली विदुर नगरपालिका ५ देवीघाटदेखि कोलोनीसम्म कार्यकर्ताहरूले अपरान्ह पार्टीको झण्डा बोकेर मोटरसाइकल ¥याली गरेका हुन् । एमालेका केन्द्रीय तथा जिल्लास्तरिय नेताहरू, विभिन्न जनवर्गिय संगठन, अनेरास्ववियु, अनेमसंघ, किसान संघ, युवा संघ नेपालका अगुवा नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल ¥यालीमा सहभागिता जनाएका थिए ।

मोटरसाइकल ¥यालीमा एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि बद्री मैनाली, केन्द्रीय सदस्य विन्दा ढुंगाना, जिल्ला कमिटीका पदाधिकारीलगायतले ¥यालीमा सहभागीता जनाएका थिए । एमाले नुवाकोटले जागरणसभा शनिवार दिउंसो पार्टी कार्यालय विदुरमा तय गरेको छ । नेकपा एमाले नुवाकोटले विभिन्न कार्यक्रमको सुरुवात गरेको छ । संविधान, गणतन्त्रको रक्षा र कानूनी शासनको लागि दल आनदोलित भएको जनाउंदै एमालेले जनप्रदर्शनलगायत विविध तयारी सुरु गरिएको जनाएको छ ।

एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले मातहतका कमिटिहरुलाई परिचालन गरि नुवाकोटमा यसअघि नै विभिनन चरणको कार्यक्रम गरिएको वताए । जनसभासहित तेश्रो चरणको कार्यक्रम पुरा हुने मैनालीले वताए । जिल्लास्तरिय जनसभामा एमालेका केन्द्रीय पदाधिकारीले सम्वोधन गर्ने जनाइएको छ । विदुरमा देशको स्वाधिनता, जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि एमाले नुवाकोटले तीन चरणको जनप्रदर्शन र जनसभा गरेको केन्द्रीय सदस्य विन्दा ढुंगानाको भनाई छ ।

यसअघि नै कार्तिक २१ गते ८८ वटै वडामावडा स्तरीय जनसभा, कार्तिक २५ गते पालिका स्तरीय जनप्रदर्शन गरिसकिएको एमाले नुवाकोट सचिवालय सदस्य दीपक कार्कीको भनाई छ । उनका अनुसार एमाले नुवाकोटले गत असोज ३१ गतेको निर्णयपछि एमाले केन्द्रीय निर्देशन अनुसार, “देशभक्त उठ, जनताको हितका लागि, लोकतन्त्र र राष्ट्रको रक्षा गरौं” भन्ने मूल नाराका साथ देशव्यापी अभियान सञ्चालनको सिलसिलामा नुवाकोटमा पनि विशेष रुपमा पार्टी संगठन, जनासंगठन तथा जनस्तरमा जनप्रदर्शनका कार्य भइरहेको छ ।







