बिदुरः विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवार लिग चरणका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन् । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन भइरहेको प्रतियोगिता अन्र्तगत छात्रतर्फको लिगका विभिन्न २० खेलवाट विजेता र उपविजेता भई उत्कृष्ट अंकका साथ आठ विद्यालयमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । छात्रातर्फ अर्किड एकेडेमी क र चन्द्रज्योति मावि ख फाइनल चरणमा प्रवेश गरेका छन् ।


प्रतियोगितामा विभिन्न २० विद्यालयलवाट छात्रतर्फ १६ र छात्रातर्फ चार टिम सहभागी भएका थिए । नुवाकोट फुटवल संघको आयोजनामा जारी यू–१४ छात्र÷छात्रा अन्तरविद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता अनर्तगत लिग खेलवाट विजय िभई सर्वाधिक अंकका साथ समूह क वाट रणभुवनेश्वरी मावि र शहिद जगतप्रकाशजंग शाह संस्कृत मावि, समूह ख वाट त्रिभुवन त्रिशूली मावि र जालपादेवी वोर्डिङ स्कुल, समूह ग वाट अर्डिक एकेडेमी र सुभेनियर वोर्डिङ स्कुल तथा समूह घ वाट महेन्द्र मावि र शिलादेवी मावि क्वार्टफाइनल चरणमा प्रवेश गरेका हुन् ।

स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा सन्चालित प्रतियोगिता अन्र्तगत शनिवारदेखि छात्रतर्फको क्वार्टफाइनल चरणका खेलहरु सन्चालन हुने आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आगाम िमंसिर २ गते हुने तय भएको छ ।

विद्यालयदेखि नै फुटबल खेललाई सशक्त र बलियो बनाउन आयोजित प्रतियोगितामा नुवाकोटका संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि २० टिमको सहभागिता रहेको नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडि उत्पादन गर्न मद्धत पुग्नुुका साथै नव प्रतिभावान खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता सन्चालन गरिएको हो ।





