बिदुरः नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था १३ वर्षमा प्रवेश गरेको छ । सो वित्तिय संस्थाले हाल एकलाख ५३ हजार घर परिवारमा वित्तिय पहुंच प्रदान गरेको छ । सो अवसरमा संस्थाले आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।


कम्पनीले आफ्नो केन्द्रीय कार्यालयसहित देशैभरका शाखा कार्यालयहरुमा वार्षिकोत्सव मनाएको हो । कम्पनी १३ वर्षअघि नुवाकोटको विदुर नगरपालिका २ बट्टारमा राष्ट्रियस्तरको लघुवित्तको रुपमा स्थापना भएको हो । कम्पनी सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत् १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पु¥याएको छ ।

कम्पनीले बाह्रौ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १ सय ४९ शाखा सञ्जालमार्फत एकलाख ५३ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल रहेको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको भनाई छ । वित्तिय संस्थाले हालसम्म कुल ३ अर्ब ९८ करोड बराबर निक्षेप संकलन गरी . १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल भएको दाहालको भनाई छ ।

कम्पनीले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली ,रणनीति, ग्राहकहरुको अगाध माया, अटुट बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरुको भरोसा, कर्मचारीको अतुलनिय योगदान तथा शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गदैं संस्थाको छवि हालसम्म आइपुग्दा माइक्रो फाइनान्सहरुमा पृथक र अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल भएको सहायक प्रवन्धक राजु पुडासैनीले वताए ।

उनका अनुसार कम्पनीले आफ्नो कारोबार बृद्धि गर्दै जादाँ पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको छ । साथै कम्पनीले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग, ७ वटा प्रदेशस्तरीय तथा १९ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको छ ।








