बिदुरः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी नुवाकोटमा विशेष कार्यक्रमसहित प्रदर्शनी गरिएको छ । ट्रफी टुर अन्तर्गत नुवाकोटमा विहीवार विभिन्न धार्मिक तथा ऐतिहासिकस्थलमा परिक्रमा गराइएको छ । कार्यक्रम अनुसार ट्रफी दिउँसो ढिकुरेबजार हुँदै गंगटे, माझिटार, पिपल्टार हुँदै देबीघाट मन्दिरमा परिक्रमा गराइएको छ । अपरान्ह नुवाकोटकै प्रसिद्ध भैरवी मन्दिर, त्रिशूली, बिदुर, बजार कोलोनी बजारमा ट्रफी प्रदर्शनी र परिक्रमा गराइएको हो ।


ट्रफी टुरको वेलुकी विदुर नगरपालिका कार्यालय परिसरमा विशेष कार्यक्रमसहित समापन गरिएको आयोजक नुवाकोट क्रिकेट संघले जनाएको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका अवसरमा आयोजना भइरहेको यो ट्रफी टुर देशका विभिन्न सहर र धार्मिक–पर्यटकीय स्थलहरूमा पुगेको छ । नुवाकोटको ट्रफी यात्रासँगै औपचारिक रुपमा ट्रफी टुर कार्यक्रम समापन भएको नुवाकोट क्रिकेट क्यान सङ्घका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए । उनका अनुसार ट्रफि टुर कार्यक्रमले स्थानीय युवामा खेलप्रतिको आकर्षण र लिगप्रतिको समर्थन बढाउने विश्वास वढेको छ ।

काठमाडौं गोर्खाजको नेपाल प्रिमियर लिगको ट्रफी टुरको विहीवार वेलुकी विदुर नपाका मेयर राजन श्रेष्ठले समापन गरे । उनले खेल क्षेत्रवाटै मानवमा सचेतना, शारिरीक सुरक्षा तथा अनुशासनको पहिचय हुने वताए । काठमाडौ गोर्खाजका सुरजसिंह ठकुरीले ट्रफि वोकेर प्रदर्शन गरेका हुन् । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल आगामी मंसिर १ गतेदेखि शुरु हुने तय भएको छ ।

दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ । कुल आठ टिमको सहभागिता रहने खेल तालिका अनुसार उद्घाटन खेलमा गत वर्षको यपाधि विजेता जनकपुर बोल्ट्स र काठमाडौ गोर्खाज खेल्ने छन् । उद्घाटन खेल फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ ।

तालिकाअनुसार एनपीएलको प्लेअफका तीन तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् । त्रिवि क्रिकेट रङ्गशालामा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ । सहभागी आठ वटै टोलीमा अनुबन्धित विदेशी खेलाडी र प्रशिक्षक काठमाडौ आउने क्रम जारी रहेको छ ।

उक्त खेलको जागरणका लागि नुवाकोटको विभिन् प्रसिद्ध स्थलहरुमा ट्रफि प्दर्शन गरिएको हो । आसन्न प्रतियोगिताका लागि एनपीएल खेल्ने टोलीका अधिकांश खेलाडी अभ्यासमा व्यस्त छन् ।










