बिदुरः वर्षौंदेखिको पिउने पानीको समस्याको समाधानका लागि नुवाकोटको पुर्वी भेग जिलिङमा पिउने पानीको वृहत योजना सन्चालन गरिएको छ । धमाधम ट्यांकीलगायतका संरचना निर्माण भइरहेका छन् ।


दुई सय घरधुरीका लागि बेलकोटगढी नगरपालिका ८ जिलिङमा पहिलो चरणमा पांच वटा पिउने पानी ट्यांकी र तयसका संरचनाहरु निर्माण भइरहेका छन् । संघीय खानेपानी मन्त्रालयबाट उक्त योजना सन्चालन भएको वडाध्यक्ष सुरेशलाल चित्रकारले वताए ।

उनका अनुसार हालसम्म पहिलो चरणमा विभिन्न गाउंमा पांच वटा ट्यांकी निर्माण सम्पन्न भएको र पाईपसमेत खानेपानी कार्यालयले पठाइसकेको छ । कुल एक करोड रुपैयाको लागतमा उक्त योजना सन्चालन भएको वडाध्यक्ष चित्रकारले वताए ।

उनका अनुसार अभैm तीन वटा खानेपानी ट्यांकी निर्माणको क्रममा रहेको छ । हालसम्म पहिलो चरणमा ठुलो खोलामा २० हजार लिटर क्षमता, पाचखलेमा २० हजार लिटर क्षमता, नयाँ बस्ती ज्यामिरेमा २० हजार लिटर क्षमता, द्वारेथोकमा २० हजार क्षमता र चिसापानीमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ ।

दोश्रो चरणमा अझै केहि टोलहरुमा खानेपानी ट्यांकी निर्माण गरिने र ट्यांकी निर्माण सम्पन्न भएको ति टोलहरुमा पाईप लाईन बिस्तारको काम अगाडि बढाईएको छ । यसवाट दुई सय घरधुरीका हजारौं गाउंवासीलाई पिउनेपानीको सुविधा पु¥याउने लक्ष्य रहेको वेलकोटगढी नगरपालिकाले जनाएको छ ।





