बिदुरः नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रमका लागि आर्थिक श्रोत जुटेको छ । सहयोगी दाताहरुवाट संकलित रकमवाट वृद्ध बाआमाहरुलाई भोजन गराइएको छ । “खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ ?आफु मेटाई अरुलाइ दिनु जहाँ छ” भन्ने मुल नाराका साथ विदुर नगरपालिका ५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि सहयोगीहरुले आर्थिक सहयोग गर्ने क्रमसमेत वढेको छ ।


विभिन्न दाताहरुले प्रदान गरेको रकमले आश्रित वृद्ध बाआमाहरुलाई दैनिक भोजन गराइएको छ । लिखु गाउँपालिका २ लब्धु स्थायी घर भएका सोही प्रतिष्ठानका आजीवन सदस्य मिलन राई र उनकी धर्मपत्नी दीपा राईका छोरी दिर्जा राई एक वर्ष प्रवेश गरेको शुभ जन्मोत्सवको अवसरमा राई दम्पत्तिले १६ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन् ।

उक्त रकमवाट वृद्ध बाआमाहरुलाई इच्छा भोजन गराइएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालको भनाई छ । यस्तै, नुवाकोटकै बिदुर नगरपालिका ११ गेर्खु स्थायी घर भएका परशुराम नेपाल र धर्मपत्नी अस्मिता भट्टनेपालका छोरी प्रतिभा नेपालको ११ औँ वर्ष प्रवेशको अवसरमा प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरूलाई भोजनका लागि १० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।

उक्त रकमवाट मिष्ठान्न भोजन खरिद गरि ४० जना वृद्ध बाआमालाई खुवाइएको छ । यता, बिदुर नपा ४ विदुर घर भएका प्रतिष्ठानका सल्लाहकार समितिका सदस्य विष्णुप्रसाद सापकोटा र उनकी धर्मपत्नी सीता सापकोटाका छोरी योजना सापकोटाको जन्मोत्सवको अवसरमा प्रतिष्ठानमा रहेका वृद्ध बाआमाहरुलाइ मिष्ठान्न भोजनका लागि नगद १० हजार रुपैया हस्तान्तरण गरेका छन् । उक्त रकमले मिष्ठान्न भोजन गराइएको प्तिष्ठानले जनाएको छ ।

यस्तै, काठमाडौँको तारकेश्वर नपा २ बसन्तनगर मा स्थापित ॐ कारेश्वर भजन समूहद्वारा नगद ५ हजार चारसय रुपैया प्रदान गरेका छन् । सो रकमले मिष्ठान्न भोजन गराइएको प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिए ।








